पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा रेग्मी « Khabarhub

पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा रेग्मी


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम – नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित भएका छन् । रेग्मीले २३ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी प्रविर ददेलले १६ र अमरराज पुनले पाँच मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिए ।

आज भएको निर्वाचनमा खुला उपाध्यक्षमा देवकुमार ओली २४ मत प्राप्त गरी विजयी भए । उपाध्यक्षका प्रत्यासी दिवस पोखरेलले १४ मत र भरत चन्दले चार मत पाए। सचिवमा दीपेन्द्र महताराले २६ मतसहित विजयी हुँदा परिचन्द्र खत्रीले १७ मत प्राप्त गरे।

साथै महिला उपाध्यक्षमा सुमित्रा केसी, सह–सचिव खुलामा प्रचण्ड खत्री र सह–सचिव समावेशीबाट छिमा केसी, कोषाध्यक्षमा सन्देश जैसी निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य अधिवक्ता अमरबहादुर ओलीले जानकारी दिए । दलित सदस्यमा क्षितिज विश्वकर्मा र केन्द्रीय परिषद् सदस्यमा गनेश विक चिन्तन निर्विरोध निर्वाचित भएका हुन् ।

अहिले प्रदेश शाखाको मतगणना भइरहेको र त्यसपश्चात् केन्द्रको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ । आज भएको निर्वाचनमा रुकुम पश्चिममा ६१ मतदाता रहेकामा ४४ मत खसेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ९ : ०५ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा