आज २०८० साल पुस २९ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल पुस २९ गते आइतबारको राशिफल


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिख। यो पुस महिनाको अन्तिम दिन हो। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ। बोलीमा सरस्वती बसेकाले सबैले प्रशंसा गर्नेछन्। बोल्दा ख्याल गर्नुपर्छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा विश्वासको अभाव देखिन्छ।

वृष : दिन राम्रो छ। आम्दानी हुने दिन छ। पूर्वको यात्रा गरेमा अचानक धन खर्च हुनेछ। पिउने साथीसँग संगत नगर्नु राम्रो हुन्छ। परिवारको साथमा हुने भएकाले दिन रमाइलोसँग बित्नेछ। प्रेमीसँग भेट हुनेछ।

मिथुन : दैनिकी सामान्य राम्रो छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आर्थिक उन्नति हुनेछ। मानसिक खटपटीले आफूलाई घाटा गर्नेछ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ।

कर्कट : समय राम्रो छ। गणेशको दर्शन गरेमा दिन अझ सहज हुनेछ। हरेक क्षेत्र सबल छन्। स्वदेशमै रोजगारीको विकल्प देख्न सकिन्छ। परिवारमा भने विश्वासको अभाव हुनेछ।

सिंह : समय राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्र सबल देखिन्छ। पेट सम्बन्धी समस्या देखिन सक्छ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। परिवारको साथ मिल्नेछ।

कन्या : दैनिकी सामान्य छ। गुमेको धन र हराएका साथी भेटिने योग रहेको छ। खुट्टा तान्ने सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। आजको दिन विचार पुर्याएर आफूलाई सुरक्षित राख्नु राम्रो हुन्छ।

तुला : हरेक क्षेत्र अब्बल छन्। आज परोपकार गर्नु राम्रो हुन्छ। धेरै मानिसले तपाईंको प्रतिक्षा गर्नेछन्। पारिवारिक शुत्रबाट साथ र सहयोग मिल्नेछ। प्रेस सम्बन्ध सुमधुर हुनेछ।

वृश्चिक : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा आरोप प्रत्यारोप र विरोधका स्वर सुन्न सकिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

धनु : बोलीको फन्दानमा पर्ने योग रहेको छ। विचार गरेर बोल्नु राम्रो हुन्छ। कामको प्रशंसा हुनेछ। शिक्षामा सफलता मिल्नेछ।

मकर : दैनिकी राम्रो छ। अचानक धन खर्च हुने भए पनि धर्म र समाजसेवामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा भइरहेको प्रयास सफल हुनेछ। परिवारमा खटपटी हुनेछ।

कुम्भ : समय राम्रो छ। कर्मको फल मिल्नेछ। तपाईंलाई न्याय हुनेछ। पन्छीलाई दाना दिनु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

मीन : समय सामान्य छ। हरेक क्षेत्र विवादित रहे पनि शिक्षामा गरेको लगानी र श्रमबाट लाभ प्राप्त हुनेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ५ : १८ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा