बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’ « Khabarhub

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस फेस्टिभल’ सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजनामा तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छैटौँ संस्करणको सो महोत्सव आयोजना गरिएको हो ।

‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित महोत्सव २३ गतेसम्म चल्नेछ । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन गर्दै महानगर प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र रहेका सबै तालहरूलाई आपसमा जोड्ने ‘कनेक्टिभिटी’ निर्माणको काम अविलम्ब सुरु गरिने बताए । “तालहरूको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउने महानगरको योजना छ”, प्रमुख आचार्यले भने ।

तालचोक–बेगनास सडक निर्माणको काम सम्पन्न हुने चरणमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले बेगनास तालमा ‘वाटर स्पोट्र्स’सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।

शिशुवाचोकदेखि खुदीखोला पुलसम्मको सडक निर्माण भइसकेको र खुदीखोलादेखि रूपातालसम्मको सडकसमेत निर्माणको चरणमा रहेको उनले जानकारी दिए । यी पूर्वाधारले बेगनास र रूपाताल क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने उहाँले विश्वास व्यक्त गरे ।

महोत्सवमा बेगनास तालमा पाइने विभिन्न प्रजातिका स्थानीय माछाहरूको प्रदर्शनीसँगै माछाका स्वादिष्ट परिकारहरूको स्वाद लिन सकिने आयोजक संस्थाका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिए । स्थानीय उत्पादन, मौलिक स्वाद र पर्यटनलाई एकै ठाउँमा जोड्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको उनले बताए ।

फेस्टिभल अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । ‘फिस फेस्टिभल’ले बेगनास तालको पर्यटकीय पहिचान विस्तार गर्नुका साथै स्थानीय माछा व्यवसाय, होटल तथा रेस्टुरेन्ट व्यवसाय र समग्र आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बेगनास ताल माछाको विविधताका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्र्याइएका बाह्य प्रजातिका माछा पाइन्छन् । यसअघिको एक अध्ययनमा बेगनासमा १७ प्रजातिका माछा अभिलेख गरिएको थियो ।

तीमध्ये ११ स्वदेशी र छ बाह्य प्रजातिका थिए । स्वदेशी प्रजातिमा सहर, कत्ले, चचुने, फगेटा, पोथी तथा अन्य साना प्रजातिका माछा अभिलेख गरिएका छन् । व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प र कमन कार्पजस्ता माछा पर्छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखराका तालहरूलाई विशेषता र सम्भावनाअनुसार विकास गर्नुपर्नेमा जोड दिए । “तालहरूको पहिचान स्थापित गर्दै व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके पोखरालाई तालैतालको पर्यटकीय सहरका रूपमा विकास गर्न सकिन्छ”, भुजेलले भने । महोत्सवबाट बचत भएको रकम तालबाराही, गोरखनाथ मन्दिर तथा बेगनास ताल क्षेत्रको विकासमा खर्च गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ९ : ४१ बजे

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार