बाथरुममा हृदयघातको जोखिम : बसेर पिसाब गरौँ | Khabarhub Khabarhub

बाथरुममा हृदयघातको जोखिम : बसेर पिसाब गरौँ


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अनपेक्षित रुपमा कुनै चिनेजानेका साथीभाइ, सहकर्मी, आफन्तको एक्कासी बाथरुममा या अन्य कुनै ठाउँमा लडेर मृत्यु भयो भन्ने खबर सुन्नु सामान्य हुन थालेको छ। हिजोसम्म ठिकठाक देखिएका, देखभेट भएका, मान्छे अचानक ‘मृत्यु’ भयो भन्दा नराम्रो लाग्छ। धेरैजसोको मनमा आउने एउटै कुरा हो हृदयघात। बुढाबुढी होस् वा युवा, हृदयघातबाट हुने मृत्यु हुनेको संख्या बढ्दो छ। तर बाथरुममा लडेर हुने सबै मृत्युको कारण हृदयघात नभएको चिकित्सक बताउँछन्। बाथरुममा लड्नुको कारण हृदयघात नै हो त ? यो समस्या महिलामा भन्दा पुरुषमा बढी भएको देखिन्छ किन ? भन्ने विषयमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल लम्सालको कुराकानी :

पछिल्लो समय बाथरुममा एक्कासी लडेर मृत्यु भएको खवर धेरै सुनिन्छ यसको कारण हृदयघात नै हो ?
बाथरुममा अचानक लडेर बेहोस भएको कतिको मृत्यु समेत केशहरु पछिल्लो समय बढ्दो छ। तर बाथरुममा बेहोस हुने सबै कारण हृदयघात नहुनसक्छ। यसको कारण के छ भने उमेर बढ्दै जाँदा शरीरका स्नायु कमजोर हुन्छन्। त्यस्ता व्यक्तिहरुमा कहिलेकाहीँ जुरुक्क उठ्दा मस्तिष्कमा रक्त प्रवाह कम भएर काम नगर्दा हुने हो।

त्यस्तै लामो समयसम्म उक्त रक्तचाप र मधुमेहको औषधी सेवन गरिरहेका व्यक्तिहरुको रगतको नलीअलि चौडा भएको हुन्छ। सुतेको व्यक्ति जुरुक्क उठेर हिँड्दा प्रेसर एक्कासी घट्छ र मान्छे बेहोस हुने हुन्छ र रातको समयमा बाथरुममा लड्दा अन्य व्यक्तिलाई छिटो जानकारी हुँदैन र मृत्यु हुने सम्भावना बढी हुन्छ।

शरीरको तापमान बढाउनका लागि चिसो मौसममा मुटुलाई बढी दबाब हुने हुँदा हृदयघातको जोखिम जाडोमा बढी हुन्छ।

कुन मौसममा बाथरुममा हृदयघात हुने सम्भावना बढी हुन्छ ?
सामान्यतया चिसो मौसममा रक्तचाप र मुटुको जोखिम बढी हुन्छ। शरीरको तापमान बढाउनका लागि चिसो मौसममा मुटुलाई बढी दबाब हुने हुँदा हृदयघातको जोखिम जाडोमा बढी हुन्छ।

बाथरुममा लडेर मृत्यु हुने समस्या बृद्धबृद्धामा बढी हुन्छ भन्नुभयो, तर यो समस्या युवामा अधिक देखिएको छ नि ?
युवावस्थामा हुने न्युचेरेशन स्टोक हो। यसमा व्यक्ति पिसाब गर्दागर्दै लड्ने हुन्छ, जसलाई प्यारासिम्पाथिटीक प्रणाली भनिन्छ। यो युवाहरुमा बढी हुन्छ।

अन्य देशको तुलनामा नेपालमा बाथरुममा हृदयघात भएर मृत्यु हुनेको संख्या कस्तो छ ?
हृदयघातको अवस्था नेपालमा एकदमै बढ्दो छ। धेरै युवा हृदयघातको शिकार भएका छन्। पछिल्लो समय खानपान जीवनशैली लागु पदार्थको सेवन जस्ता विभिन्न कारणले गर्दा जुन बृद्धबृद्धाहरुमा देखिने रोग हुन। ती युवावस्थामै देखिने गरेका छन्। त्यसैले अन्य देशको तुलनामा बढ्दो छ।

यो समस्या महिला भन्दा पुरुषमा बढी भएको देखिन्छ किन ?
मुटुजन्य रोग महिला भन्दा पुरुषमा धेरै देखिन्छ। जोखिमको अवस्था, तनाव, चुरोटजन्य पदार्थको सेवन लगायतका कारणले पुरुषमा मुटुसम्बन्धी रोग लाग्ने भएकाले यो समस्या बढी देखिएको हो।

यसबाट बच्न के गर्नुपर्छ ?
बेडबाट उठ्नेबित्तिकै पहिला शरीरमा रगतको मात्रा मिलाउन पहिला खुट्टा चलाउने, उभिने र बिस्तारै बाथरुम जानुपर्छ। यदि पहिले नै यस्तो समस्या भइसकेको छ भने फेरि दोहोरिन नदिन चिकित्सकको परामर्श लिने, केही औषधीको आवश्यकता भयो भने खाने गर्नुपर्छ। कसैलाई पिसाब गर्दा लड्ने समस्या हुन्छ। त्यसैले पुरुषले पनि बसेर पिसाब गर्ने लडिहाल्यो भने पनि चोटपटक लाग्ने जोखिम कम हुन्छ।

कसैलाई पिसाब गर्दा लड्ने समस्या हुन्छ। त्यसैले पुरुषले पनि बसेर पिसाब गर्ने लडिहाल्यो भने पनि चोटपटक लाग्ने जोखिम कम हुन्छ।

बाथरुममा हृदयघात हुनुमा बाथरुमको संरचनाले पनि असर गर्ने हो ?
यो रोगसँग सम्बन्धित कुरा भएकाले संरचना भन्दा सावधानी अपनाउनु जरुरी छ। उठेर पिसाब नगर्ने यसो गर्दा लड्दा पनि अडेस लाग्न सकियोस, मुटुसम्बन्धी समस्या भएका बिरामीले मुटुको जोखिम कम गर्न खानपान र जीवनशैलीमा ध्यान दिने गर्नुपर्छ।

कुनै पनि व्यक्ति लडिसकेपछि कस्तो अवस्थामा अस्पताल पु-याउँदा बचाउन सकिन्छ ?
जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्छ। चाँडो अस्पताल पुर्यायौं भने के कारण लडेको हो भन्ने पत्ता लाग्छ। त्यो अनुसारको उपचार सुरु गर्न सकिन्छ।

तत्काल घरमै गर्न सकिने प्राथमिक उपचार के छ ?
सबैभन्दा पहिले टाउकोमा चोट छ कि छैन हेर्नुपर्छ। टाउकोमा चोट देखियो भने तुरुन्त अस्पताल लैजानुपर्छ। सामान्य अवस्था छ व्यक्ति चाँडै होसमा आइहाल्यो भने ब्लड प्रेसर, मुटुको चाल हेर्ने गर्नुपर्छ। सबै कुरा सामान्य नै छ भने आराम गर्न दिने र झोलकुरा प्रशस्त मात्रामा खान दिनुपर्छ।

सबैभन्दा पहिले टाउकोमा चोट छ कि छैन हेर्नुपर्छ। टाउकोमा चोट देखियो भने तुरुन्त अस्पताल लैजानुपर्छ।

यहाँको सुझाव के छ ?
पछिल्लो समय मुटुजन्य रोगहरुको जोखिम बढ्दो छ। त्यसैले सबैभन्दा पहिले स्वस्थ जीवनशैली अबलम्बन, हामीले जति अरुलाई सल्लाह दिन्छौं, त्यो आफूले पनि लागू गरौं। ब्लड प्रेसर, कोलेस्ट्रोल र सुगरलाई नियन्त्रणमा राख्ने, खानपानमा ध्यान दिने र नियमित व्यायाम गर्यौं भने मुटुजन्य रोगबाट बच्न सकिन्छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल लम्सालसँगको कुराकानी :

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : ०२ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई