‘नेर्पा भुलभुले’ फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई « Khabarhub

‘नेर्पा भुलभुले’ फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ७ दोर्पाचिउरीडाँडाले जितेको छ ।

दिक्तेल रूपाकोट मझुवागढी– ६ मा शनिबार  सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्ट्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि हात पारेको हो ।

उपाधिसँगै दोर्पाचिउरीडाँडाले एक लाख ५० हजार तथा उपविजेता नेर्पा स्पोर्ट्स क्लबले ७५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरेका थिए । यस्तै, नेर्पा स्पोर्ट्स क्लबका लागि सुरज राईले गोल गरेका थिए । प्रतियोगितामा सेमिफाइन खेलेका रतन्छादोर्पाबुवालुङ टोलीलाई २५–२५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा दोर्पाचिउरीडाँडाका बिजु भुजेल सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट प्रशिक्षक दोर्पाचिउरीडाँडाकै दिपेश राई चुनिए ।

विजेता टोली तथा खेलाडीलाई सांसद रामकुमार राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

यही पुस २२ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १८ टोली सहभागी भएका थिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ०२ बजे

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस