मेलम्चीको पानी भोलिदेखि काठमाडौँमा पुनः वितरण गरिने « Khabarhub

मेलम्चीको पानी भोलिदेखि काठमाडौँमा पुनः वितरण गरिने


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भोलिदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेसँगै पानी वितरण हुनेछ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीका अनुसार मेलम्चीको पानी सुन्दरीजलमा आइपुगिसकेको छ।

उनले आज अनामनगरको ट्यांकीमा पानी जम्मा गर्न सुरू गरिने र भोलिबाट वितरण सुरू गरिने जानकारी दिए। पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाएर खुमलटार, महाङ्काल चौर, कीर्तिपुर, बोडे, कटुञ्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने कार्यकारी निर्देशक अन्सारीले जानकारी दिएका छन् ।

यसअघि उपत्यकामा मेलम्चीको पानी ल्याउनका लागि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा पुस ३ गते बसेको बैठकले आकस्मिक परिस्थितिबाहेक २८ दिनको कार्यतालिका बनाएर निर्माण व्यवसायी सिनो हाइड्रोले तत्काल काम शुरु गर्ने गरी सम्झौता भएको थियो ।

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ साल चैतमा पहिलो पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिए पनि बाढीपहिरोका कारण सो आयोजना पटक पटक बन्द हुँदै आएको छ ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ४६ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था