तरुलले भरिएको कालीमाटी (फाेटोफिचर) « Khabarhub

तरुलले भरिएको कालीमाटी (फाेटोफिचर)



काठमाडौं–  सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।

माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु, फुरौला, सेल र तरुल खाएर मनाउने गरिन्छ ।

यति बेला माघे सङ्क्रान्तिका लागि भनेर तरुल लगायतका कन्दमूलको व्यापार सुरु भएको छ । कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले विभिन्न प्रकारका तरुल बिक्री भइरहेका छन् ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरि घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ।

 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरुल  प्रति केजि औषतमा ६५ रुपैयाँ,  पिंडालू मूल्य ७५ रुपैयाँ,  सखरखण्डकाे औषत मूल्य ७५ रुपैयाँ कायम गरेकाे छ ।

 

तस्बिर : सृष्टि बराल 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १ : ०० बजे

नवीकरण नहुँदा दुई हजार एम्बुलेन्स थन्किए

चितवन– नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन्

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा