राष्ट्रियसभाका उम्मेदवारले चुनाव प्रयोजनका लागि ३ लाख ५० हजार खर्च गर्न पाउने « Khabarhub

राष्ट्रियसभाका उम्मेदवारले चुनाव प्रयोजनका लागि ३ लाख ५० हजार खर्च गर्न पाउने


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गरी राष्ट्रियसभा सदस्य उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने जनाएको छ ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची– १ अनुसार ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने हद तोकेको हो ।

उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन प्रयोग, सवारी साधनको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन तथा विविध शीर्षमा गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।

यस्तै, उमेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न सकिने छ । यसरी खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उनैको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आयोगले निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १२ : ५३ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले