सन्तलालको ‘कथाभित्रका कथाहरू’ « Khabarhub

सन्तलालको ‘कथाभित्रका कथाहरू’


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन्तलाल चेपाङको वास्तविक जीवनीमा आधारित रहेर वृत्तचित्र ‘कथा भित्रका कथाहरू’ तयार गरिएको छ । कुनै समय सङ्गीतिक श्रव्यदृश्य निर्देशनमा व्यस्त रहेका दीपेन्द्र केसीले यसलाई तयार गरेका हुन् । उनले अहिले पनि चेपाङ समुदाय जङ्गलमै बस्नुको कारण र एउटा परिवारको कथालाई वृत्तचित्रमार्फत भन्न खोजेको जानकारी दिए ।

“अहिले पनि चेपाङ समुदायलाई जङ्गल नै प्यारो छ, म छायाङ्कनका लागि त्यहाँ पुगेपछि उनीहरूको छुट्टै संसार र जीवनसँग जानकार भए, यसलाई विश्वले हेर्नुपर्छ भन्ने उद्देश्यले वृत्तचित्र तयार गरेको हुँँ”, निर्देशक केसीले भने । चेपाङका बारेमा कमै कथा भेटेपछि वृत्तचित्र तयार गर्ने सोच बनाएका निर्देशक केसीलाई मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाले नयाँबस्तीसम्म पुर्‍याएका थिए ।

“त्यहाँ पुगेपछि मैले धेरै कथा भेटेँ, ती मध्येका एक सन्तलाललाई भेटेँ, मैले उहाँकै कथा किन देखाउँदैछु भन्ने बुझ्न वृत्तचित्र नै हेर्नुपर्छ”, निर्देशक केसीले भने, “मेरो उद्देश्य उहाँको कथा देखाउनु मात्र नभइ जीविकोपार्जनमा परिवर्तन ल्याउनु पनि हो, उक्त समुदायले बाँचिरहेको जीवन हाम्रो कल्पनाभन्दा बाहिर छ ।” निर्देशक केसीले वृत्तचित्र तयारका लागि झन्डै दुई वर्ष खर्चिएका हुन् ।

उक्त समय अनुसन्धानसँगै कसरी प्रस्तुत गर्ने भन्ने तयारी भयो । “मैले छायाङ्कन  लगभग तीन साताको समयमा गरेँ, त्यसैले गर्दा पनि मलाई समय लाग्यो, त्यो बीचमा म उहाँहरूसँग नजिक हुन पाएँ, मैले बुझेको उहाँहरूका भोगाइलाई शब्दमा व्यक्त गर्न सक्दिन”, निर्देशक केसीले भने ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १ : ४९ बजे

विश्व स्वास्थ्य सुरक्षामा जोखिम, अमेरिकाको फिर्ता विश्व स्वास्थ्यका लागि चुनौती

जेनेभा– विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले संयुक्त राज्य

प्रचण्ड र जनार्दनको क्षेत्रमा प्रलोपाको आँखालाई एमालेले भोट हाल्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

काठमाडौं– होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय

सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा