सन्तलालको ‘कथाभित्रका कथाहरू’ « Khabarhub

सन्तलालको ‘कथाभित्रका कथाहरू’


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन्तलाल चेपाङको वास्तविक जीवनीमा आधारित रहेर वृत्तचित्र ‘कथा भित्रका कथाहरू’ तयार गरिएको छ । कुनै समय सङ्गीतिक श्रव्यदृश्य निर्देशनमा व्यस्त रहेका दीपेन्द्र केसीले यसलाई तयार गरेका हुन् । उनले अहिले पनि चेपाङ समुदाय जङ्गलमै बस्नुको कारण र एउटा परिवारको कथालाई वृत्तचित्रमार्फत भन्न खोजेको जानकारी दिए ।

“अहिले पनि चेपाङ समुदायलाई जङ्गल नै प्यारो छ, म छायाङ्कनका लागि त्यहाँ पुगेपछि उनीहरूको छुट्टै संसार र जीवनसँग जानकार भए, यसलाई विश्वले हेर्नुपर्छ भन्ने उद्देश्यले वृत्तचित्र तयार गरेको हुँँ”, निर्देशक केसीले भने । चेपाङका बारेमा कमै कथा भेटेपछि वृत्तचित्र तयार गर्ने सोच बनाएका निर्देशक केसीलाई मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाले नयाँबस्तीसम्म पुर्‍याएका थिए ।

“त्यहाँ पुगेपछि मैले धेरै कथा भेटेँ, ती मध्येका एक सन्तलाललाई भेटेँ, मैले उहाँकै कथा किन देखाउँदैछु भन्ने बुझ्न वृत्तचित्र नै हेर्नुपर्छ”, निर्देशक केसीले भने, “मेरो उद्देश्य उहाँको कथा देखाउनु मात्र नभइ जीविकोपार्जनमा परिवर्तन ल्याउनु पनि हो, उक्त समुदायले बाँचिरहेको जीवन हाम्रो कल्पनाभन्दा बाहिर छ ।” निर्देशक केसीले वृत्तचित्र तयारका लागि झन्डै दुई वर्ष खर्चिएका हुन् ।

उक्त समय अनुसन्धानसँगै कसरी प्रस्तुत गर्ने भन्ने तयारी भयो । “मैले छायाङ्कन  लगभग तीन साताको समयमा गरेँ, त्यसैले गर्दा पनि मलाई समय लाग्यो, त्यो बीचमा म उहाँहरूसँग नजिक हुन पाएँ, मैले बुझेको उहाँहरूका भोगाइलाई शब्दमा व्यक्त गर्न सक्दिन”, निर्देशक केसीले भने ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १ : ४९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु