मध्यराति खुकुरी हानेपछि विराटनगरबाट एक जना पक्राउ « Khabarhub

मध्यराति खुकुरी हानेपछि विराटनगरबाट एक जना पक्राउ



विराटनगर- युवालाई मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भइ हाल विराटनगर ८ बस्दै आएका विक्रम थपलिया रहेका छन् । राति साढे १ बजे विराटनगर ११ का रोनाल कँडेललाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

विराटनगर बसपार्कनजिक खुकुरी प्रहार गरेको सूचना पाएपछि मध्यराति कँडेललाई उद्धार गरिएको दाहालले बताए । ‘खुकुरी प्रहार भइरहेको सूचना आएपछि गएको प्रहरी टोलीले कँडेललाई घाइते अवस्थामा उद्धार गरेको हो,’ उनले भने ।

प्रहरीले सँगसँगै थपलियालाई पक्राउ गरेको उनले बताए । घाइते कँडेलको अहिले विराट अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ । पक्राउ परेका थपलिया पनि सामान्य घाइते छन् । उनीविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा आइतबार अदालतमा म्याद थपका लागि लैजाने तयारी भइरहेको दाहालले बताए ।

थपलिया र कँडेल दुबै नेपाली कांग्रेसमा आवद्ध छन् । उनी आपराधिक दुनियाँमा लामो समयदेखि परिचित रहेको बाइन्छ । स्रोतका अनुसार बसपार्क क्षेत्रकै होटल बिगमा उनीहरूबीच झगडा सुरू भएको थियो । होटलको क्यासिनोभित्र झगडा उग्र भएपछि थपलियाले खुकुरी हानेको बताइएको छ ।

तर, प्रहरीले भने होटलबाहिर घटना हुँदा कँडेललाई उद्धार गरिएको बताएको छ । ‘त्यो क्षेत्रमा धेरै वटा होटल छन्, हामीले सडकबाट उद्धार गरेर ल्याएका हौं,’ दाहालले भने । घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको प्रहरीको आशंका छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा अन्य व्यक्ति देखिए पक्राउ गरिने बताएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : २२ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण