मध्यराति खुकुरी हानेपछि विराटनगरबाट एक जना पक्राउ | Khabarhub Khabarhub

मध्यराति खुकुरी हानेपछि विराटनगरबाट एक जना पक्राउ



विराटनगर- युवालाई मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भइ हाल विराटनगर ८ बस्दै आएका विक्रम थपलिया रहेका छन् । राति साढे १ बजे विराटनगर ११ का रोनाल कँडेललाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

विराटनगर बसपार्कनजिक खुकुरी प्रहार गरेको सूचना पाएपछि मध्यराति कँडेललाई उद्धार गरिएको दाहालले बताए । ‘खुकुरी प्रहार भइरहेको सूचना आएपछि गएको प्रहरी टोलीले कँडेललाई घाइते अवस्थामा उद्धार गरेको हो,’ उनले भने ।

प्रहरीले सँगसँगै थपलियालाई पक्राउ गरेको उनले बताए । घाइते कँडेलको अहिले विराट अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ । पक्राउ परेका थपलिया पनि सामान्य घाइते छन् । उनीविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा आइतबार अदालतमा म्याद थपका लागि लैजाने तयारी भइरहेको दाहालले बताए ।

थपलिया र कँडेल दुबै नेपाली कांग्रेसमा आवद्ध छन् । उनी आपराधिक दुनियाँमा लामो समयदेखि परिचित रहेको बाइन्छ । स्रोतका अनुसार बसपार्क क्षेत्रकै होटल बिगमा उनीहरूबीच झगडा सुरू भएको थियो । होटलको क्यासिनोभित्र झगडा उग्र भएपछि थपलियाले खुकुरी हानेको बताइएको छ ।

तर, प्रहरीले भने होटलबाहिर घटना हुँदा कँडेललाई उद्धार गरिएको बताएको छ । ‘त्यो क्षेत्रमा धेरै वटा होटल छन्, हामीले सडकबाट उद्धार गरेर ल्याएका हौं,’ दाहालले भने । घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको प्रहरीको आशंका छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा अन्य व्यक्ति देखिए पक्राउ गरिने बताएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : २२ बजे

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं– पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा