जनताका पक्षमा काम गरौँ : नेता सिंह « Khabarhub

जनताका पक्षमा काम गरौँ : नेता सिंह


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उनले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताए ।

“राजनीाितक इमान्दारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र पार्टीलाई विश्वास गर्छन् । निष्ठाको राजनीति गर्न कठिन भए पनि राजनीतिक दलहरु जनता केन्द्रित हुनुको विकल्प छैन”, नेता सिंहले भने, “विसं २०१७ मा निष्ठाको राजनीति गरेकाले  बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराई अहिले पनि जनताले स्मरणमा स्वच्छ नेताको रुपमा चिनिँदै आएका छन् ।”

नेपाली कांग्रेसले अब आफ्नो नीतिमा सुधार गर्दै जनता केन्द्रित राजनीति गर्न जरुरी रहेको उनको भनाइ थियो । इमान्दार भएर जनताका काम नगर्ने हो भने अब कुनैपनि राजनीाितक दलको भविष्य नरहने बताउँदै समयअनुसार दलहरु पनि परिवर्तन हुन जरुरी रहेको नेता सिंहले बताए ।

“नेपाली कांग्रेसलाई देशकै ठूलो पार्टीको रुपमा स्थापित गर्न युवा तथा निष्ठावान नेताको खोजी गर्न जरुरी छ”, उनले भने, “लोकतन्त्रमाथि आक्रमण भइरहेको बेला लोकतान्त्रिक पार्टी एक जुट भइ यो व्यवस्थालाई मजबुत बनाउनु पर्दछ ।” कांग्रेसलाई बलियो बनाउन विधान अनुसार पार्टी चल्नुपर्ने भन्दै सङ्गठन पनि सोहीअनुसार विस्तार गर्नुपर्नेमा नेता सिंहले जोड दिए ।

प्रजातन्त्र तथा लोकतन्त्र ल्याउनमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले लोकतन्त्रलाई बचाइ राख्ने दायित्व पनि कांग्रेसको काँधमा आएको बताए । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई बलियो बनाउन राजनीतिक दल जनताप्रति इमान्दार हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : २६ बजे

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई  बिरामीलाई

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले