राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन सक्रिय | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन सक्रिय


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

कैलाली- राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो काम थालेको छ ।

आइतबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रियसभा निर्वाचन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि जिल्लामा समन्वय समिति चाँडो गठन गर्न निर्देशन दिएको छ ।

त्यस्तै, बैठकले राष्ट्रियसभा निर्वाचनका लागि मतदातालाई माघ ९ गतेभित्र कैलाली आइपुग्न निर्देशन दिने निर्णय पनि गरेको खड्काले बताए ।

बैठकमा समन्वय समितिका सदस्यहरू नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा, नेकपा एकीकृत समाजवादीका दिनेशचन्द्र सुवेदी, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य उम्मेदवार रेणु चन्द, कांग्रेस कैलालीका सचिव केशव मिश्रलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : ०३ बजे

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको

रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

रुपन्देही – रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७

अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं – साफ यू –२० महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना