भारतबाट अवैध रुपमा भित्र्याइएको १३६ बोरा प्याज बरामद « Khabarhub

भारतबाट अवैध रुपमा भित्र्याइएको १३६ बोरा प्याज बरामद


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देही प्रहरीले अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको युनिटले आइतबार बिहान ५ बजे ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा भारतबाट अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालर्फ भन्सार छली गरी लु ८ प ११३५ र युपी ५५ जेड ९२८८ नम्बरको मोटरसाइकलमा ओसारपसार गर्दै गरेको र डम्पिङ गरी राखेको अवस्थामा १३६ बोरा प्याज नियन्त्रणमा लिइएको सूचना अधिकारी भट्टले जानकारी दिए।

प्याज र मोटरासाइकलको मूल्य ४ लाख ५२ हजार ५ सय रहेको कार्यालयले जानकारी दिएको छ। बरामद सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार राति करिव साढे १० बजे सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ सिटी अस्पताल चोकस्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा जुत्ता र विभिन्न प्रकारका कपडा बरामद गरेको हो।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय रामचन्द्र खत्रीले ना३ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरी लैजान लागेको अवस्थामा थानको कपडा १४ हजार ६३६ मिटर, लेडिज जुत्ता ३४० जोडी, नेट कपडा ५ हजार १०४ मिटर, दोसल्ला ४४२ पिस र साडी ६१२ पिस गरी ट्रकसहित कुल ३० लाख ६२ हजार २ सय ४० मूल्य बराबरको अवैध बस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए।

बरामद सामान, ट्रक र मानिस आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ३० बजे

रिक्त राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकमा रिक्त रहेका नेपाली

सरकारलाई उच्चको पनि झट्का, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक

तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई

मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत