१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना « Khabarhub

१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा आज एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ ।

इकाइले नमूना घोषणा गरिएका जिल्लामा दूरसञ्चार सेवाको विकासमा सहजीकरण गर्ने टेलिकमका प्रबन्धक डा बिमल आचार्यले जानकारी दिए ।

टेलिकमले पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहत, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पालाई नमूना जिल्ला घोषणा गरी सबै बस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिकस्थलमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने तयारी गरेको छ ।

नमूना जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधि तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधारको पहुँच विस्तार गरिने टेलिकमले जनाएको छ । ती जिल्लाका अधिकांश मानवबस्तीमा गुणस्तरीय मोबाइलका साथै इन्टरनेट (एनटी फाइबर) सेवा उपलब्ध गराइने छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : २९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको