भारतसँगको सम्बन्ध थप सुमधुर छ : बंगलादेशी प्रधानमन्त्री हसिना « Khabarhub

भारतसँगको सम्बन्ध थप सुमधुर छ : बंगलादेशी प्रधानमन्त्री हसिना


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतसँगको सम्बन्ध थप सुमधुर बनेको बताएकी छिन् । हालै सम्पन्न निर्वाचनमा विजयी भएसँगै प्रधानमन्त्री हसिनाले भारतसँग आर्थिक क्षेत्रमा थप सहकार्य गर्न चाहेको उल्लेख गरिन् ।

प्रधानमन्त्री हसिनाले इतिहासमा विभिन्न अवसरमा भारतले बंगलादेशको सहयोग गरेको भन्दै भारतको प्रसंशासमेत गरिन् ।

प्रधानमन्त्री निवास गणभवनमा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा हसिनाले भनिन्, ‘भारत बंगलादेशको ठूलो मित्र हो । भारतले हामीलाई सन् १९७१ र १९७५ मा सहयोग गरेको हो । भारतलाई हामी सँगैको छिमेकी पनि मान्दछौँ ।’

उनले आफ्नो आगामी ५ वर्षे कार्यकालमा द्विपक्षीय सम्बन्ध थप सुमधुर बन्ने पनि उल्लेख गरिन् । आगामी कार्यकालमा भारतसँगको आर्थिक सहकार्यलाई आफूले विशेष ध्यान दिनेसमेत बताइन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १२ : ३९ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा