वायुसेवा निगमद्वारा ५३ करोडभन्दा बढी रकम भुक्तानी « Khabarhub

वायुसेवा निगमद्वारा ५३ करोडभन्दा बढी रकम भुक्तानी


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदवापतको रु ५३ करोड भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि दुई कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको पुस मसान्तको किस्ताबापत पूरा र दुई वाइड बडी जहाजको आंशिक रकम भुक्तानी गरिएको हो ।

निगमले पछिल्लो १८ महिनमा किस्ताबापत रु चार अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ भुक्तानी गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : ४३ बजे

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने