गुलाफले जोड्छ प्रेमको नाता ! « Khabarhub

गुलाफले जोड्छ प्रेमको नाता !



आज प्रणय दिवस अर्थात् १४ फेब्रुअरी ।  यस दिन विश्वभर नै आपसमा उपहार साटासाट गरी मनाइँदै छ । प्रणय दिवसको अवसरमा परिवार साथीभाइहरूलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । उपहारमा पहिलो प्राथमिकता पाउने वस्तु भनेकै गुलाफ हो ।

गुलाफ विश्वकै प्रसिद्ध फूल हो । यसलाई प्रेमको प्रतीक नै मानिन्छ, प्रेम दिवस आफ्ना प्रेमी-प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । गुलाफ फूलको सौन्दर्यमा मोहित नहुने को होला ? पत्र पत्रमा अनेक आयाम बोकेर फक्रिएको गुलाफ देख्नासाथ मान्छेको ओठ अनायास बोल्छ– ओहो, क्या सौन्दर्य ।

सम्भवतः गुलाफ फूलको यही तागतले होला प्रेमी जोडीले सहयात्राको कसम यही फूल साक्षी राखेर खाने गर्छन् । जुनसुकै मौसममा पनि आफ्नो विशिष्ट मुस्कान छर्नु गुलाफको आम विशेषता हो । त्यसैले  लाख, करोड वर्षदेखि गुलाफले प्रकृतिमा प्रेम र सौन्दर्यको उज्यालो छर्दै आएको छ ।

गुलाफको इतिहास 

ईशा जन्मनु ६०० वर्ष पूर्व ग्रीक कवयित्री सफाले गुलाफको फूललाई ‘फूलहरूकी रानी’ भनेर आफ्नो काव्यमा प्रयोग गरेकी थिइन । कुनै प्रेमीले आफ्नी प्रेमिकालाई पहिलो भेटमा दिने बहुमूल्य सौगात नै गुलाफको फूल भएकाले ‘भ्यालेन्टाइन डे’ मा यसको अधिक उपयोग हुने गरेको छ ।

ईशापूर्व २७३७ मा चीनको शोभंगवेशद्वारा गुलाफ रोप्न सुरु भएको तथ्य भेटिन्छ । गुलाफ गमलामा रोप्ने चलन चीन र सजावटको परम्परा जापानबाट सुरु भएको मानिन्छ । त्यसो त कन्फ्युसियसले ईसापूर्व ५०० मा चीनको पुस्तकालयमा उतिबेला नै गुलाफबारे लेखिएका ६ सय पुस्तक रहेको उल्लेख गरेका छन् ।

गुलाफको फूल अरु बेला प्रतिगोटा ६० रुपैयाँसम्म बिक्री हुने तर भ्यालेन्टाइनमा १०० रुपैयाँमा बिक्री गरेको व्यापारी बताउँछन् । सामान्य अवस्थामा मोल हुने गुलाफ, प्रेमोत्सवमा अनमोल हुन पुग्छ ।

गुलाफको इतिहास मुगल बेगम नूरजहाँ संग जोडिएर आउँछिन् । इतिहास अनुसार आफ्ना पतिले दिएको रातो गुलाफलाई उनले निकै मन पराएकी थिइन् । त्यसपछि उनको खुसीका लागि उनका पतिले दरबारमा प्रत्येक दिन ताजा गुलाफका फूल पठाउँथे । अर्को इतिहास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो भन्ने गरिन्छ ।

गुलाफका रंगको अर्थ

गुलाबी रंगको गुलाफ– गुलाबी रंगका गुलाफ सबैका लागि हुन सक्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई मात्र नभएर आफ्ना परिवार वा नजिकका शुभचिन्तकहरुलाई पनि गुलाबी गुलाफ दिएर माया भाव साट्न सकिन्छ ।

सुन्तला रंगको गुलाफ– सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ । प्रेमिल जोडी तथा दम्पतीहरूले जोश र उत्साहपूर्ण सम्बन्धका लागि यस रंगका गुलाफका फूलहरू दिने गर्छन् ।

रातो गुलाफ– रातो गुलाफले प्रेम, जोश र भावनात्मक पक्षको प्रतीक दर्शाउँछ ।

सेतो गुलाफ– सेतो गुलाफले सम्बन्धमा शान्ति र मेलमिलापको भाव बताउँछ । तपाईँका नजिकका साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन सकिन्छ ।

गुलाबी रंगको गुलाफ– गुलाबी रंगको गुलाफ मायाको प्रतीक मानिन्छ ।

सुन्तला रंगको गुलाफ– सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ ।

नेपालमा गुलाफको फूल ९० प्रतिशत आयात गर्ने गरिन्छ भने १० प्रतिशत जति नेपालमा उत्पादन हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का सचिव हीरामणि शर्माले बताए । ९० प्रतिशत आयात हुन्छ र २० प्रतिशत नेपाली उत्पादनको अंश नगण्य छ ।

उनी भन्छन् ‘भारतबाट गुलाफ मात्र हैन अन्य फूलहरू पनि आउने गर्छ । त्यसमा पनि चाडबाडको बेला माग बढ्छ र मूल्य पनि बढ्ने गर्छ । त्यसैले अहिले प्रणय दिवस भएको कारणले गुलाफको माग र मूल्य पनि बढेको छ ।’

तस्बिर : चिरायु शाक्य

याे पनि …

आजबाट प्रेम सप्ताह सुरु

तीन अर्बको फूल व्यापार, पानी अमलाको पातमा आत्मनिर्भर !

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ५३ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा