महिला प्रिमियर कप क्वार्टरफाइनल : आज नेपाल र कुवेत भिड्ने « Khabarhub

महिला प्रिमियर कप क्वार्टरफाइनल : आज नेपाल र कुवेत भिड्ने


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलका खेल आज हुँदैछन् ।

आजको क्वार्टरफाइनलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ ।  मलेसियाको वाईएसडी ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल समुह चरणमा अपराजित रहँदै समुह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो ।

त्यसैगरी समूह चरणमा कुवेतले सिङ्गापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो ।

आजै मलेसिया र जापान तथा हङकङ र थाइल्याण्डबीच पनि क्वार्टरफाइनल खेल हुँदैछ ।

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वार्टरफाइनलमा पुगेका छन् ।

त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ३७ बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट