ललित निवास जग्गा प्रकरणमा आज फैसलाको तयारी « Khabarhub

ललित निवास जग्गा प्रकरणमा आज फैसलाको तयारी


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललिता निवास जग्गा प्रकरण मुद्दामा विशेष अदालतले आज फैसला सुनाउने तयारी गरेको छ ।

गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दामा हिजो बहस सकिएपछि आज फैसला सुनाउने तयारी गरिएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले सुनवाइ सकिएकाले सम्भवतः आज नै फैसाला आउने जानकारी दिए ।

पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत सो मुद्दामा तानिएका छन् ।

अख्तियार दुरुपयोग अनसुन्धान आयोगले २०७६ साल माघ २२ गते सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता गराएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ४८ बजे

संविधानमा छेडखानी नगरी आवश्यक सुधार मात्र गर्नुपर्नेमा जोड

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानमा छेडखानी नगरी आवश्यक सुधार

बाबुरामले भने, हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुको पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिव चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’

काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी