५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ « Khabarhub

५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

धनकुटा– साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका-७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को.१ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङकरको बिचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याङकरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : २१ बजे

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस