निमावि तहमा ८३८ शिक्षकको माग (विज्ञापनसहित) | Khabarhub Khabarhub

निमावि तहमा ८३८ शिक्षकको माग (विज्ञापनसहित)


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि), तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खोलेको छ। विभिन्न विषयमा गरि ८३८ जना निमावि शिक्षकको माग गरिएको आयोगले जनाएको छ।

आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ।

आयोगका अनुसार नेपालीमा ११७, अंग्रेजीमा १७६, गणित १२८, विज्ञान १६३, सामाजिक १२२, गणित–विज्ञान ६५, संस्कृत भाषामा ५, शुक्ल यजुर्वेद १, कम्प्युटर विज्ञानमा १ जना शिक्षक माग गरिएको छ ।

न्यूनतम योग्यता पुगेका १८ वर्ष उमेर पूरा भइ ४० वर्ष ननाघेको इच्छुक उम्मेदवारबाट चैत १ गतेभित्र अनलाइन दरखास्त पेस गर्न आयोगले आग्रह गरेको छ । दरखास्त दस्तुर ७०० रुपैयाँ तोकिएको छ । यस्तै, प्रत्येक समावेशी समूहका लागि थप ५०० रुपैयाँ बुझाउनु पर्नेछ । दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

आयोगका अनुसार विज्ञापन भएको पदमा आयोगको आधिकारिक अनलाइन पोर्टल https://online.tsc.gov.np मा गइ दरखास्त पेश गर्नुपर्नेछ ।
दरखास्त पेश गर्ने विधिसम्बन्धी विस्तृत जानकारी आयोगको अनलाइन पोर्टलमा रहेको ‘प्रयोगकर्ता पुस्तिका’ मा क्लिक गरी हेर्न सकिनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : ३७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग