निमावि तहमा ८३८ शिक्षकको माग (विज्ञापनसहित) « Khabarhub

निमावि तहमा ८३८ शिक्षकको माग (विज्ञापनसहित)


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि), तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खोलेको छ। विभिन्न विषयमा गरि ८३८ जना निमावि शिक्षकको माग गरिएको आयोगले जनाएको छ।

आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ।

आयोगका अनुसार नेपालीमा ११७, अंग्रेजीमा १७६, गणित १२८, विज्ञान १६३, सामाजिक १२२, गणित–विज्ञान ६५, संस्कृत भाषामा ५, शुक्ल यजुर्वेद १, कम्प्युटर विज्ञानमा १ जना शिक्षक माग गरिएको छ ।

न्यूनतम योग्यता पुगेका १८ वर्ष उमेर पूरा भइ ४० वर्ष ननाघेको इच्छुक उम्मेदवारबाट चैत १ गतेभित्र अनलाइन दरखास्त पेस गर्न आयोगले आग्रह गरेको छ । दरखास्त दस्तुर ७०० रुपैयाँ तोकिएको छ । यस्तै, प्रत्येक समावेशी समूहका लागि थप ५०० रुपैयाँ बुझाउनु पर्नेछ । दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

आयोगका अनुसार विज्ञापन भएको पदमा आयोगको आधिकारिक अनलाइन पोर्टल https://online.tsc.gov.np मा गइ दरखास्त पेश गर्नुपर्नेछ ।
दरखास्त पेश गर्ने विधिसम्बन्धी विस्तृत जानकारी आयोगको अनलाइन पोर्टलमा रहेको ‘प्रयोगकर्ता पुस्तिका’ मा क्लिक गरी हेर्न सकिनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : ३७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका