माओवादी विधान अधिवेशन : २० समूहको सुझाव संकलन सुरु  « Khabarhub

माओवादी विधान अधिवेशन : २० समूहको सुझाव संकलन सुरु 


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव संकलन सुरु भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान मस्यौंदामाथि समूहका संयोजकले सुझाव प्रस्तुत गर्न सुरु गरिएको हो ।

मङ्गलबारदेखि काठमाडौँको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । एक समूहमा कम्तीमा ५० जना प्रतिनिधि रहने गरी विधानमाथिको छलफलका लागि समूह बनाइएको थियो ।

सम्मेलनमा भाग लिन पार्टीका स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, विभिन्न मोर्चाका संयोजकहरूको सहभागिता रहेको छ । भोलि बिहीबार विधान अधिवेशन सकिने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ३ : ०६ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार