रवि र जीबीको विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी | Khabarhub Khabarhub

रवि र जीबीको विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो।

यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ। माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ।

चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ।

राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन्। नेपाल प्रहरीले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ। लामिछाने राईका व्यापारिक साझेदार हुन्। ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए।

विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेष्ट, एनआईसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ।

 

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : ३१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार