कङ्गोको शरणार्थी शिविरमा भएको बम विस्फोटको यूनिसेफद्वारा निन्दा « Khabarhub

कङ्गोको शरणार्थी शिविरमा भएको बम विस्फोटको यूनिसेफद्वारा निन्दा


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

किन्शासा संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले पूर्वी कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा विस्थापितहरूको शिविरमा भएको बम विस्फोटको निन्दा गरेको छ । 

हिंसाबाट भागेका परिवारहरू सुरक्षा प्रदान गर्ने ठाउँमा मृत्यु रण गर्नु तथा घाइते हुने कुरा अकल्पनीय भएको कङ्गोका लागि युनिसेफका प्रतिनिधि ग्रान्ट लेइटीले बताए । 

उहाँले द्वन्द्वका सबै पक्षहरूलाई निर्दोष नागरिक तथा बालबालिकाको जीवन रक्षा गर्न आह्वान गरे । अपराधीहरूलाई जवाफदेही बनाउन र बालबालिका र उनीहरूका परिवारका लागि सुरक्षा बलियो बनाउनु सरकारको जिम्मेवारी रहेको लेइटीले बताए । 

उत्तरी किवु प्रान्तको साकेको बाहिरी इलाकामा विस्थापित मानिसहरूका लागि जाइना शिविरमा सोमबार भएको विस्फोटमा बालबालिकासहित केही व्यक्तिको मृत्यु हुनुका साथै केही घाइते भएका थिए ।

हालैका महिनाहरूमा पूर्वी कङ्गोमा भएको तीव्र द्वन्द्वले विशाल जनसङ्ख्यालाई आधारभूत मानवीय सहायताको आवश्यकता भएको छ । जनवरी २०२४ मा उत्तरी कीभूमा नयाँ विस्थापितहरूको सङ्ख्या सन् २०२३ जनवरी २३ को तुलनामा निकै बढी भएको छ ।

विज्ञप्ति अनुसार अहिले उक्त प्रान्तमा ११ लाख विस्थापित व्यक्ति रहेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : ४३ बजे

सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु

कायरो- सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको

प्रचण्डको स्वीकारोक्ति : पद प्राप्तिको होडबाजीले कम्युनिस्टहरूमा विचलन आयो, गल्ती नै यहीँ भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय

डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक : मन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

आफैं अध्यक्षबाट हट्नुपर्ने ओली फेरि मच्चाउँदै छन् एमालेमा भाँडभैलो

काठमाडौं- फागुन २१ को चुनावमा धुलिसात हुने गरी धक्का खाएपछि