देशभित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउँदैछौँ : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

देशभित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउँदैछौँ : स्वास्थ्यमन्त्री बस्नेत


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान चिकित्सा शिक्षा ऐनमा संसोधन गरि देशभित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको जानकारी दिएका छन् ।

बुधबार ललितपुरको कुपण्डोलमा निर्माण सम्पन्न भएको प्रसूति गृहको सेवा बिस्तार तथा अध्ययन अनुसन्धान नयाँ भवनको बुधबार उद्घाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा पढ्नका लागि अभाव भइरहेको भन्दै ऐनमा संसोधन गरि देश भित्रै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको जानकारी दिएका हुन् । 

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि जनशक्ति थप नगरिएकोले गुणस्तरीय उपचार सेवा प्रदान गर्न मुस्किल भएको बताए । स्वास्थ्यमा अहिले ९२ हजार थप जनशक्ति आवश्यक भए पनि ३२ हजार थप्नै पर्ने गरि गृहकार्य अगाडि बढाएको उनको भनाइ छ ।  

उनले प्रसूति गृहले महिला स्वास्थ्यका क्षेत्रमा पुर्याइरहेको योगदानको स्मरण गर्दै सबै बिस्तारले अस्पताललाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । उपचार सेवाका साथै प्रसूति गृहले नर्सिङ र विशेषज्ञ चिकित्सक उत्पादनमा पनि योगदान गरिरहेको बताउँदै मन्त्री बस्नेतले अहिले पढाई रहेको संख्या न्यून भएकाले कोटा बढाउनु पर्नेमा जोड दिए ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले प्रसूति गृहले अहिले सञ्चालन गरिरहेको ४८९ शैयाले सेवाग्राहीको चापलाई थाम्न सक्ने अवस्था नभएको बताउँदै अस्पतालको यो नयाँ भवनले सेवा प्रवाहमा सहज हुने बताए ।  विसं २०१६ सालमा स्थापना भएको अस्पतालमा अहिले ८०० जना कर्मचारी र स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : ५३ बजे

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’