कांग्रेसमा महासमिति बैठकको तयारी तीव्र  « Khabarhub

कांग्रेसमा महासमिति बैठकको तयारी तीव्र 


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी तीव्र पारेको छ । 

महासमिति प्रचार प्रसार उपसमितिले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बैठकको तयारी तीव्र रुपमा अघि बढाएको जनाएको हो ।

बैठकमा आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेश हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

नीति अधिवेशनका रुपमा सम्पन्न हुने महासमिति बैठकमा प्रस्तुत हुने उक्त प्रस्तावले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनतामाझ पार्टीले विश्वासीलो र भरपर्दो गरि काम गर्ने विश्वास दिलाउने विश्वकर्माले बताए ।

राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता भन्ने नाराका साथ आयोजना हुने महासमिति बैठकमा करिब दुई हजार तीन सय जना सहभागी हुने उनले जानकारी दिए ।

यस्तै बैठकमा आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेस हुने विश्वकर्माले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : ५९ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि