युक्रेन आक्रमणका आलोचकको सम्पत्ति जफत गर्नेसम्बन्धी कानुनमा पुटिनले गरे हस्ताक्षर « Khabarhub

युक्रेन आक्रमणका आलोचकको सम्पत्ति जफत गर्नेसम्बन्धी कानुनमा पुटिनले गरे हस्ताक्षर


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानूनमा हस्ताक्षर गरेका छन् । 

मस्कोले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि कडा कानून लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र सार्वजनिकरूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाही गरेको छ । 

उक्त कानूनले अधिकारीहरूलाई आपत्तिजनक आलोचना गर्ने दोषी व्यक्तिहरूको धन, सम्पत्ति र बहुमूल्य वस्तुहरू जफत गर्न सक्षम बनाउँछ । कानूनले आफ्नो मुलुक छाडेर भागेका तर अहिले पनि घरमा सम्पत्ति भएका महत्त्वपूर्ण रुसी निर्वासितहरूलाई सम्भावितरूपमा निशाना बनाउँछ । 

रुसको संसद् ड्युमाले विधेयकलाई समर्थन गरेको दुई सातापछि पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन् । 

मस्कोले नियमितरूपमा सैन्य अभियानको विरोधमा आफ्नो मुलुक छाड्ने लाखौँ रुसीलाई देशद्रोहीको संज्ञा दिएको छ । उक्त कानून युक्रेन आक्रमणको दोस्रो वर्ष प्रवेश र रुसको राष्ट्रपति निर्वाचनभन्दा एक महिनाअघि लागू भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : १८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।