स्वास्थ्य व्यवसायी परिषदका चार सदस्यको मनोनयन गैरकानुनी ठहर | Khabarhub Khabarhub

स्वास्थ्य व्यवसायी परिषदका चार सदस्यको मनोनयन गैरकानुनी ठहर


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा मनोनित गरेको चार जना सदस्यलाई उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको छ। यससँगै चार जना पदमुक्त हुने भएका छन्।

परिषद ऐन अनुसार निर्वाचनबाट चुनिएर आउनु पर्ने पदमा स्वास्थ्य मन्त्रालयले चार जनालाई मनोनित गरेको थियो। मन्त्रालयको उक्त निर्णयविरुद्ध बल बहादुर सिंजालीले उच्च अदालतमा रिट दायर गरेका थिए। सिंजाली रिटको सुनवाई गर्दै उच्चले उनीहरूको मनोनयन गैरकानुनी ठहर गरेको हो।

न्यायाधीशहरू रमेश ढकाल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त फेसला गरेको हो। फैसलासँगै परिषदमा सदस्य मनोनित भएका तोपबहादुर थापा, माइकल देवकोटा, शालिक राम धिताल र राम विनोद महतो पदमुक्त हुने भएका छन्। 

धितालले यसअघि नै राजीनामा दिइसकेका थिए। परिषद ऐन अनुसार उक्त पदमा निर्वाचनबाट सदस्यहरू निर्वाचित भएर आउनु पर्ने हुन्छ। अदालतको यो फैसलाले परिषदलाई निर्वाचन गर्ने बाटो खोलेको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : ५० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’