आज २०८० साल चैत १ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल चैत १ गते बिहीबारको राशिफल


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १ गते बिहीबार तदनुसार सन् २०२४ मार्च १४ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : समय राम्रो छ। हरेक क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। धनी मानिसँग संगत हुनेछ। वैदेशिक क्षेत्रमा बनाएको योजना सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। धेरै मानिस तपाईंसँग प्रभावित हुने दिन छ। व्यापारबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा अवरोध हुनसक्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : गुम्न लागेको धन हात लाग्नेछ। टुटेको सम्बन्ध पुर्नमिलन हुनेछ। धार्मिक विश्वास गुम्ने खतरा भने देखिन्छ। स्वदेशमै लगानीको अवसर सिर्जना हुनेछ। आजको दिन ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ।

कर्कट : दिन सामान्य छ। यात्रामा दुर्घटनाको जोखिम हुनसक्छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आफ्ना आमाबुवाको आज्ञा लिएर अगाडि बढ्नुभयो भने काम बन्नेछ। परिवारको माया निरन्तर मिल्नेछ।

सिंह : समय राम्रो छ। चञ्चले स्वभावको फाइदा अरुले लिनसक्ने जोखिम छ। काम गर्दा सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

कन्या : दैनिकी राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। यात्रा रमाइलो हुनसक्छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगरे स्वास्थ्य खराब बन्नेछ।

तुला : दिन राम्रो छ। लगानीका क्षेत्रबाट सन्तोष मिल्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। शनिदेवको छाया योग रहेकाले ठुलो काममा हात नलगाउनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र साथीभाइको साथ र सहयोग रहनेछ।

धनु : दैनिकी राम्रो छ। रमाइलो यात्रा हुनेछ। साथीले सहयोग गर्नेछन्। शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवार र प्रेमिकासँगको सम्बन्ध रमाइलो हुनेछ।

मकर : समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। परोपकारको अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवारमा खटपट हुने भएकाले थोरै बोल्नु राम्रो हुन्छ।

कुम्भ : समय सामान्य छ। दैनिकी भन्दा बाहिर ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। साथीले शंकाको दृष्टिले हेर्ने छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दैनिकी राम्रो छ। धनलक्ष्मी योग परेको छ। आज धन लिने काम गर्नु राम्रो हुन्छ। आजको दिन अरुलाई नदिएकै राम्रो हुन्छ। आम्दानी भन्दा खर्च बढी हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ५ : ०९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण