निद्राको कमी पत्ता लगाउने प्रविधिको विकास « Khabarhub

निद्राको कमी पत्ता लगाउने प्रविधिको विकास


१ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैज्ञानिकहरूले एक रगत परीक्षणको विकास गरेका छन् । जसले एक व्यक्ति २४ घण्टाभन्दा बढी समयसम्म निदाई जागा रहेको छ कि छैन भनेर सही रूपमा निर्धारण गर्न सक्छ ।

रगत मार्करहरूको एक अद्वितीय संयोजन प्रयोग गरी उल्लेखनीय परिशुद्धताका साथ निद्रा अभाव पत्ता लगाउन सकिने वैज्ञानिकहरूले जनाएका छन् ।

नियन्त्रित प्रयोगशाला सेटिङहरूमा, अष्ट्रेलियाको मोनाश विश्वविद्यालय र बेलायतको बर्मिंघम विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विकसित गरेको परीक्षणले आराम र अनिद्राको अवस्थाहरू बीचको भिन्नतामा ९९ दशमलव २ प्रतिशत सटीकता दर देखाएको छ।

यो बायोमार्कर टेस्ट प्रविधिबाट मानिस २४ घण्टासम्म जागा थियो कि थिएन भनेर पत्ता लगाउन सकिने साइन्स एडभान्सेस जर्नलमा प्रकाशित अध्ययन लेखमा बताइएको छ ।

विश्वमा हुने सडक दुर्घटनामध्ये करिब २० प्रतिशत निद्राको कमीका कारण हुने गरेको छ ।

अनुसन्धानकर्ताहरू यो खोजले निद्राबाट वञ्चित ड्राइभरहरूलाई अझ सजिलै पहिचान गर्न सकिने र यो समस्यालाई सजिलैसँग उपचार गर्न सकिने अवस्था सिर्जना गर्ने आशामा छन् । यो परीक्षण भविष्यमा फोरेन्सिक टेस्टका लागि पनि प्रयोग हुन सक्छ ।

यो निद्रा अभाव बायोमार्कर परीक्षण २४ घण्टा वा सो भन्दा बढी नसुतेकोमा जागा रहेकोमा आधारित छ, तर १८ घण्टासम्म जागा भएको पनि पत्ता लगाउन सक्छ।
श्रोत : अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ६ : ५३ बजे

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

काठमाडाैं – मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

जनकपुर – मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री

इरानद्वारा बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान – इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

बाँके – प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज