बादल भन्छन्- अहिले नेतृत्व फेर्ने होइन, ओलीकै अगुवाइमा एमालेलाई ठूलो पार्टी बनाउने हो  « Khabarhub

बादल भन्छन्- अहिले नेतृत्व फेर्ने होइन, ओलीकै अगुवाइमा एमालेलाई ठूलो पार्टी बनाउने हो 


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले अहिले लोकतान्त्रिक राजनीतिक दलको नेतृत्वलाई कमजोर बनाइ प्रतिक्रियावादीहरू अघि बढ्ने प्रयत्नमा रहेको बताएका छन् ।

यसविरुद्ध जुध्न पार्टीभित्र एकता, निरन्तरता र नेतृत्व संरक्षण अहिलेको अपरिहार्य आवश्यकता रहेको थापाले बताए । 

प्रेस चौतारी नेपालले शुक्रबार कार्यालयमा आयोजना गरेको संवाद कार्यक्रममा उनले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन ‘सामान्य महाधिवेशन नभई प्रतिक्रान्तिविरुद्धको निर्णायक राजनीतिक मोड’ भएको बताए । 

लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूको नेतृत्वलाई कमजोर पारेर मात्र प्रतिक्रान्ति सफल बनाउन सकिन्छ भन्ने गलत अवधारणाबाट प्रेरित शक्ति सक्रिय अहिले सक्रिय भएका उनले बताएका छन् । 

‘राजनीतिक दलको नेतृत्व विस्थापित गर्ने प्रयास भइरहेको छ, नेतृत्वलाई विस्थापित गरेर मात्र प्रतिक्रान्ति सफल हुन्छ भन्ने सोचबाट प्रतिगामी शक्ति अघि बढेका छन्’,  थापाले भने ।

उनले एमालेलाई लक्षित गरी ‘फुटाऊ र शासन गर’ नीतिअन्तर्गत शीर्ष नेतृत्वलाई हटाउने, पुस्तान्तरणको नाममा आफ्नै अनुकूलको नेतृत्व स्थापित गर्ने चलखेल भइरहेको टिप्पणी गरे । 

यस्तो प्रयास विफल पार्न एमालेले ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउनुपर्ने उनले बताएका छन् । 

‘प्रतिगामी शक्ति नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्, हामी हाम्रो नेतृत्वलाई संरक्षण गर्न चाहन्छौँ, अहिले एक अर्कालाई विस्थापित गरेर जाने समय होइन, एकता र सुदृढीकरणको समय हो, आवश्यक परे विधान संशोधन गरेर भए पनि सबैलाई समेटेर लैजानुपर्छ,’ उनले बताएका छन् । 

उनले अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिस्ट आन्दोलनको मूलधार स्थापित गर्ने, एमालेलाई ठूलो पार्टी बनाउँदै देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने नेताका रूपमा प्रशंसा गरे।

‘प्रतिगामीहरूले फुटाए पनि पार्टी जनमतका हिसाबले पहिलो पार्टी बन्यो, नेपालले विकासशील मुलुकको मान्यता उहाँकै नेतृत्वमा प्राप्त गर्‍यो, त्यसैले अहिले पनि उहाँकै नेतृत्व राष्ट्रिय आवश्यकता हो’, थापाले भने । 

थापाले वर्तमान राजनीतिक परिस्थितिमा अध्यक्ष ओलीको नेतृत्वलाई निरन्तरता दिनु पार्टी र राष्ट्र दुवैकै आवश्यकतासँग जोडिएको छ । 

उनले चेतावनी दिँदै भने, ‘अनावश्यक उम्मेदवारी घोषणाले पार्टीलाई विभाजन र विसर्जनतिर लैजान्छ, महाधिवेशनबाट सहमतिमा आधारित एकताबद्ध नेतृत्व निर्माण गर्नुपर्ने छ ’

कार्यक्रममा उनले आगामी नेतृत्वमा आफू पनि भूमिकामा रहनुपर्ने अपेक्षा व्यक्त गरे । ‘अहिलेको अवस्थाले पार्टी र देश दुवैले मेरो भूमिकालाई आवश्यक ठानेको जस्तो लाग्छ, महाधिवेशनबाट आउने नेतृत्वमा मेरो पनि योगदान रहने अपेक्षा छ’, उनले भने । 

जेन-जी आन्दाेलनकाे आवरणमा नेपाललाई ध्वस्त बनाउने पश्चिमाहरूको योजना रहेको उनले बताए । पश्चिमा सैन्य बल नेपाल भित्र्याउने योजना अनुसार जेन-जीका नाममा आन्दोलन भएको उनले प्रष्ट पारे ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  २ : ३३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले