आज विश्व मिर्गौला दिवस मनाइँदै « Khabarhub

आज विश्व मिर्गौला दिवस मनाइँदै


१ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ ।

यस वर्षका लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नारा तय गरिएको छ ।

विभिन्न स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थाले आज बिहान रत्नपार्क, शान्ति बाटिका बाट मिर्गौला पदयात्राको सुरुवात गर्दैछन् ।  उक्त पदयात्रा दशरथ रङ्गशालामा पुगेर प्रत्यारोपित र अङ्गदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ ।

तथ्याङ्कअनुसार प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गर्दछ । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना हुने गरेको छ ।

मिर्गौलाले रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई फ्याँक्ने काम गर्छ । साथै मिर्गौलाले शरीरमा पानीको मात्रालाई पनि सन्तुलनमा राख्ने काम गर्छ ।

मिर्गौलाले रक्तचाप नियन्त्रण गर्नुका साथै सोडियम, पोटासियमलाई सन्तुलनमा राख्ने र भिटामिन डि र रातो रक्तकोशिका निर्माणमा मद्दत गर्छ । तर मिर्गौला सम्बन्धी रोग लागेमा मिर्गौलाले यी कामहरू गर्न सक्दैन ।

यो पनि…
नेपालमा ३० लाख मानिसमा मिर्गौलाको समस्या

मिर्गौलासम्बन्धी रोगका कारक तत्त्वहरू

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ७ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको