एट्लेटिको र डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनमा « Khabarhub

एट्लेटिको र डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनमा


१ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा एट्लेटिकोले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा एट्लेटिकोले २–१ को नतिजा निकालेपछि खेल २–२ गोलको बराबरी भएको थियो । अन्तिम १६ को पहिलो लिगमा इन्टर मिलान १–० ले विजयी भएको थियो ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय खेलाइएकोमा सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यसैगरी, गएराती नै सम्पन्न अर्को खेलमा बोरुसिया डर्टमण्डले पिएसभीलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

योसँगै क्वाटरफाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको छ । एटलेटिको मड्रिड र डर्टमण्डसहित आर्सनल, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन् । अब क्वाटरफाइनलको ड्र शुक्रबार हुने युइएफएले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ८ : २१ बजे

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार