सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न सांसदहरूको माग « Khabarhub

सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न सांसदहरूको माग


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा अधिग्रहण गर्दा मुआब्जाबापतको रकम नपाएकाले अदालतको आदेशबमोजिम रकम पाउनुपर्ने माग गरे । उनीहरूले सहकारी विवाद र सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति सरकारमा सहभागी हुन नहुने तथा गोकर्णेश्वर नगरपालिकामा मेलम्चीको पानी सहज आपूर्तिको माग गरे। 

सांसदहरुले अनुचित लेनदेन ९मिटरब्याज०पीडितसँग भएका सहमति छिटो कार्यान्वयन हुनुपर्ने, चक्रपथको ‘सर्भिस ट्र्याक’ निर्माणमा ढिलाइ भएको, बोलपत्र खुला गरिए पनि सडक निर्माण सुरु नभएको, स्वर्गद्वारी जग्गाका मोही किसानले चलाएको आन्दोलनको माग सम्बोधन हुनुपर्ने, शिक्षा र स्वास्थ्यका राज्यको दायित्व र लगानी बढाउनुपर्ने, मिर्गौला रोगबाट बच्न सचेतना फैलाइनुपर्ने, सुनकोसी नदीको धाप्लाङ पसल निर्माण रोकिन नहुने, रोजगारी सिर्जना गर्नुपर्ने, दाइजो नपाउँदा विवाह रद्द गर्नेलाई कारबाही हुनुपर्ने आवाज उनीहरुले उठाएका छन् ।

सांसदहरुले मध्यवर्ती क्षेत्रका जनतालाई विकासको अनुभूति दिन, किसानले मल नपाएको रोदनको सुनुवाइ गर्न, प्रादेशिक अस्पतालमा पूर्वाधार विकास गरिनुपर्ने, गोरखाको पालुङटारमा यथाशीघ्र कृषि क्याम्पस सञ्चालन गर्न माग गरे। उनीहरुले योगमाया आयुर्वेदिक विश्वविद्यालयको निर्माणलाई गति दिन, हात्तीको आक्रमणबाट स्थानीयलाई जोगाउन, आगामी आर्थिक वर्षको बजेट महिलामैत्री बनाउन पनि माग गरे । 

शुन्य समयमा सांसदहरू बिजुला रायमाझी, विद्या भट्टराई, बिना लामा, श्यामकुमार घिमिरे, विनिताकुमारी सिंह, शान्ति बिक, शान्ति श्रेष्ठ, शिव नेपाली, शिशिर खनाल, शोभा ज्ञवाली, शङ्कर भण्डारी, सपना राजभण्डारी, सरस्वती बजिमय, सरस्वती सुब्बा, सराज अहमद फारुकी, सरिता भुसाल, डा स्वर्णिम वाग्ले, शान्ति चौधरी, सीताकुमारी राना, सीता मिजार, सुनिता बराल, सुशीला श्रेष्ठले समसामयिक विषयमा आवाज उठान गरे । 

साथै सांसदहरू सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाल, सूर्यबहादुर थापा क्षेत्री, सोभिता गौतम, हर्कमाया विश्वकर्मा, हरि ढकाल, हितराज पाण्डे, हेमराज राई, ज्ञानबहादुर शाही, ज्ञानु बस्नेत सुवेदी र ज्ञानेन्द्रबहादुर कार्कीले शुन्य समयमा भाग लिए । 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १२ : ४२ बजे

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका