सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न सांसदहरूको माग | Khabarhub Khabarhub

सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न सांसदहरूको माग


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा अधिग्रहण गर्दा मुआब्जाबापतको रकम नपाएकाले अदालतको आदेशबमोजिम रकम पाउनुपर्ने माग गरे । उनीहरूले सहकारी विवाद र सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति सरकारमा सहभागी हुन नहुने तथा गोकर्णेश्वर नगरपालिकामा मेलम्चीको पानी सहज आपूर्तिको माग गरे। 

सांसदहरुले अनुचित लेनदेन ९मिटरब्याज०पीडितसँग भएका सहमति छिटो कार्यान्वयन हुनुपर्ने, चक्रपथको ‘सर्भिस ट्र्याक’ निर्माणमा ढिलाइ भएको, बोलपत्र खुला गरिए पनि सडक निर्माण सुरु नभएको, स्वर्गद्वारी जग्गाका मोही किसानले चलाएको आन्दोलनको माग सम्बोधन हुनुपर्ने, शिक्षा र स्वास्थ्यका राज्यको दायित्व र लगानी बढाउनुपर्ने, मिर्गौला रोगबाट बच्न सचेतना फैलाइनुपर्ने, सुनकोसी नदीको धाप्लाङ पसल निर्माण रोकिन नहुने, रोजगारी सिर्जना गर्नुपर्ने, दाइजो नपाउँदा विवाह रद्द गर्नेलाई कारबाही हुनुपर्ने आवाज उनीहरुले उठाएका छन् ।

सांसदहरुले मध्यवर्ती क्षेत्रका जनतालाई विकासको अनुभूति दिन, किसानले मल नपाएको रोदनको सुनुवाइ गर्न, प्रादेशिक अस्पतालमा पूर्वाधार विकास गरिनुपर्ने, गोरखाको पालुङटारमा यथाशीघ्र कृषि क्याम्पस सञ्चालन गर्न माग गरे। उनीहरुले योगमाया आयुर्वेदिक विश्वविद्यालयको निर्माणलाई गति दिन, हात्तीको आक्रमणबाट स्थानीयलाई जोगाउन, आगामी आर्थिक वर्षको बजेट महिलामैत्री बनाउन पनि माग गरे । 

शुन्य समयमा सांसदहरू बिजुला रायमाझी, विद्या भट्टराई, बिना लामा, श्यामकुमार घिमिरे, विनिताकुमारी सिंह, शान्ति बिक, शान्ति श्रेष्ठ, शिव नेपाली, शिशिर खनाल, शोभा ज्ञवाली, शङ्कर भण्डारी, सपना राजभण्डारी, सरस्वती बजिमय, सरस्वती सुब्बा, सराज अहमद फारुकी, सरिता भुसाल, डा स्वर्णिम वाग्ले, शान्ति चौधरी, सीताकुमारी राना, सीता मिजार, सुनिता बराल, सुशीला श्रेष्ठले समसामयिक विषयमा आवाज उठान गरे । 

साथै सांसदहरू सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाल, सूर्यबहादुर थापा क्षेत्री, सोभिता गौतम, हर्कमाया विश्वकर्मा, हरि ढकाल, हितराज पाण्डे, हेमराज राई, ज्ञानबहादुर शाही, ज्ञानु बस्नेत सुवेदी र ज्ञानेन्द्रबहादुर कार्कीले शुन्य समयमा भाग लिए । 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १२ : ४२ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरीको नियन्त्रणमा

कर्णाली– सुर्खेतको वीरेन्द्रनगरमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराईले माइतीघरमा थाले सत्याग्रह

काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल

‘कुलिङ अफ पिरियड’को संशोधन प्रस्तावमा भ्रम सिर्जना गरियो : सांसद अञ्जान शाक्य  

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अञ्जान शाक्यले  राष्ट्रियसभा विधेयकमा आफूले हालेको

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित