चिनियाँ उत्पादनको मूल्यमा वृद्धि « Khabarhub

चिनियाँ उत्पादनको मूल्यमा वृद्धि


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको तथ्यांकीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुहरूमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्यांकले बिहीबार देखाएको छ ।

स्टिल ट्युब, पेट्रोल, कोइला, मल र केही रसायनसहित नौ श्रेणीमा वर्गीकरण गरिएका ५० प्रमुख वस्तुमध्ये २७ वस्तुमा यस अवधिमा उच्च मूल्य देखिएको, २१ वस्तुको मूल्य घटेको र दुई उत्पादनको मूल्य यथावत रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।

यस अवधिमा सुँगुरको मासुको मूल्य ४.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । 

हरेक १० दिनको अन्तरालमा सार्वजनिक हुने यो तथ्यांक देशभरका ३१ वटा प्रान्तीय स्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता तथा वितरकको सर्वेक्षणमा आधारित छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १२ : ५० बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन