चलचित्र 'रंगेली' को 'फूल ओइलिएर' रिलिज | Khabarhub Khabarhub

चलचित्र ‘रंगेली’ को ‘फूल ओइलिएर’ रिलिज


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबारदेखि चलिरहेको नेपाली चलचित्र ‘रंगेली’ को ‘फूल ओइलिएर’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरिएको उक्त गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । फिल्मका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका हुन् ।

शुक्रबारदेखि प्रदर्शनमा आएको यो चलचित्रले दर्शकको मन जित्न थालेको छ । ‘वर्ड अफ माउथ’का कारण दर्शकको संख्या बढेको देखिएको छ । बुधबारको शो सन्तोषजनक थियो र साँझको शो हाउस फुल थियो। दर्शकबाट केही प्रतिक्रिया पाएपछि चलचित्र २१ मिनेट घटाइएको थियो । निर्देशक सुवेदीले फिल्मको लम्बाइ घटाएर दर्शकले ‘रमाइलो’ गरेको बताए ।

अभिनेता दयाहाङ राईले यो चलचित्रमा यस्तै खालको भूमिका निर्वाह गर्दै फरक भूमिका पाएकोमा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

नेपालमा रिलिजपछि यो चलचित्र अमेरिका, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमानमा रिलिज हुने पक्का भएको छ । त्यसैगरी अष्ट्रेलिया, युरोप, हङकङ, भारत लगायतका देशमा रिलिजको अन्तिम चरणमा रहेका वितरकहरुसँग पुगिसकेको बताइएको छ ।

‘रंगेली’ मा दयाहाङ राई र मिरुना मगरसँगै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रूपेश झा, सुन्दर धिताल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हर्क साउद, अर्जुन सुवेदी र सविन एकतारेको शब्द रहेको यस चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ४ : ५४ बजे

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ