इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने « Khabarhub

इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– युरोपेली सङ्घ (इयु) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच अर्ब युरो प्रदान गर्न सहमत भएको अल जजिराले बताएको छ । यो इयुले सञ्चालन गरेको सहायता कोषको सुधारको भाग हो । 

युक्रेनको सेना रुसको आक्रमणविरुद्ध लडिरहेकाले युक्रेनलाई सैन्य सहयोग गर्ने कदममा इयुले युक्रेनलाई विजयी बनाउन हरसम्भव सहयोग गर्ने बताएको छ । इयुका विदेश मामिला तथा सुरक्षा नीतिका वरिष्ठ प्रतिनिधि जोसेप बोरेलले भने, ‘हामी युक्रेन असिस्टेन्स फन्डमा सहमत भएका छौँ, यो फन्डले युक्रेनलाई थप पाँच अर्ब युरोसँगै सैन्य समर्थन बढाउन हामीलाई अनुमति दिन्छ, सन्देश स्पष्ट छ स् हामी युक्रेनलाई हरसम्भव सहयोग गर्नेछौँ ।’

अल जजिराका अनुसार इयुका २७ सदस्य मुलुकका राजदूतहरूले महिनौँको तर्कवितर्कपछि बुधबार ब्रसेल्समा भएको एक बैठकमा युरोपेली शान्ति सुविधा (इपिएफ) कोषको समग्र सुधारमा सहमति व्यक्त गरेका छन् । यसमा इयुका ठूला मुलुक फ्रान्स र जर्मनी बहसको केन्द्रमा थिए ।

ठूलो नगद-फिर्ता योजनाका रूपमा सञ्चालित उक्त कोषले इयुका सदस्य र अन्य मुलुकमा युद्ध सामग्री पठाउन ‘रिफन्ड’ दिनेछ । युरोपेली रक्षा उद्योगहरूको बलियो प्रवर्द्धक फ्रान्सले ‘रिफन्ड’ का लागि सक्षम हतियार खरिद गर्दा बलियो ‘युरोपेली खरिद गर्नुहोस्’ नीतिमा जोड दिएको थियो । यद्यपि अल जजिराका अनुसार अन्य मुलुकले यस्तो प्रकारको आवश्यकताले विश्वभरबाट युक्रेनका लागि चाँडै हतियार खरिद गर्ने प्रयासमा अवरोध गर्ने तर्क दिएका छन् । 

जर्मनी अहिलेसम्म युरोपमा युक्रेनलाई सैन्य सहायता दिने सबैभन्दा ठूलो द्विपक्षीय दाता रहेको छ र उसले कोषमा मुलुकहरूको वित्तीय योगदानको आकार निर्धारण गर्दा द्विपक्षीय सहयोगलाई ध्यानमा राख्नुपर्ने बताएको छ । 

अन्ततः ‘युरोपेली खरिद’ नियमहरूमा खुकुलोपनलाई अनुमति दिएर सदस्यहरूको वित्तीय योगदानको गणना गर्दा द्विपक्षीय सहायताको मूल्यको अंशलाई ध्यानमा राखेर सम्झौता भएको कूटनीतिज्ञहरूले बताएका छन् । 

‘यो हाम्रो साझा विजय हासिल गर्न युरोपेली एकता र दृढ संकल्पको अर्को शक्तिशाली र समयसापेक्ष प्रदर्शन हो’, युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भने, ‘हामी अर्को इयु विदेश मामिलाको परिषद् बैठकमा स्वीकृत हुने अन्तिम निर्णयको प्रतीक्षामा छौँ ।’

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ४ : ५९ बजे

मेयर बालेनका पिताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता रामनारायण

दश दिनमा केन्द्रले बुझायो ३ हजार ८२ थान लाइसेन्स

काठमाडौं– सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाईको जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले

‘ओली एमालेका ब्रान्ड हुन्, जबजको उत्तराधिकारी परिवारका सदस्य हुँदैनन्’

काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा‌

सञ्चारमन्त्रीको सम्पदायात्रा : अरनिको जन्मस्थलको प्रवर्धनमा जोड

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको नाम उच्च

नेपालमा सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइने 

काठमाडौं-सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ ।