उपचारका क्रममा बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड  « Khabarhub

उपचारका क्रममा बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड 


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बालकको मृत्युपछि आक्रोशित आफन्त र प्रहरीबीच बिहीबार झडप भएको छ ।

सडकमा प्रदर्शन गरी घोराही-लमही सडक अवरुद्ध गरिरहेका मृतकका आफन्त र प्रहरीबीच ढुंगा र लाठी हानाहान भएको छ । भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा र तोडफोड गरेका छन् ।

राजपुर गाउँपालिका १ पटौली नाकाका ९ वर्षीय बालक सुरेश कुँवरको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बुधबार मृत्यु भएको थियो । अस्पतालअगाडि र ट्राफिक चोकमा मृतकका आफन्तहरू बसेर यातायात अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् ।

घाँटीमा समस्या भएपछि अस्पताल ल्याइएका बालकको डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गरिरहेका छन् ।

मृतकका आफन्त, अस्पताल प्रशासन र सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो । तर निकास निस्कन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ५ : ५० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग