रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु  « Khabarhub

रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु 


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । 

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

नेपाल सरकारले रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता गराउन कूटनीतिक प्रयास जारी राखेको छ ।

 यस्तै रुसी सेनामा ज्यान गुमाएका परिवारलाई रुसी सरकारबाट क्षतिपुर्ती उपलब्ध गराउन, घाइतेको उपचार गर्न र त्यहाँ कार्यरत नेपालीहरूलाई फिर्ता पठाउन रुसी सरकारलाई पुन अनुरोध गरिएको समेत परराष्ट्रले बताएको छ । 

अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा नेपाल सरकारले पहल गरे पनि रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम अझै रोकिएको छैन ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ५ : ५३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५