इयु सदस्यताबारे छलफल गर्न आर्मेनियालीहरूलाई प्रधानमन्त्रीको आह्वान « Khabarhub

इयु सदस्यताबारे छलफल गर्न आर्मेनियालीहरूलाई प्रधानमन्त्रीको आह्वान


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

येरेभान– आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बिहीबार युरोपेली सङ्घ (इयु) को सदस्यताका लागि आवेदन दिने सम्भावनामाथि व्यापक सार्वजनिक छलफलको आह्वान गरेका छन् । पूर्व–सोभियत मुलुक आर्मेनियाको रुससँगको सम्बन्ध तनावपूर्ण छ । 

युक्रेनमा मस्कोको युद्धले इयुको विस्तार अभियानलाई पुनः बलियो बनाएको छ । ब्रसेल्सले वर्षौँको अनिच्छापछि इयुका आकांक्षी युक्रेन, माल्दोभा र जर्जियालाई औपचारिक सदस्यताको मार्गमा राखेको छ । मस्कोबाट आर्मेनियाको परिवर्तनले ककेसस मुलुकको सरकारले कट्टर दुश्मन छिमेकी अजरबैजानसँगको सुरक्षा खतरासामु आफ्नो रक्षा गर्न रुस असफल भएको उजागर गरेको बताएको छ । 

प्रधानमन्त्री पाशिन्यानले बिहीबार इयुमा सामेल हुने सम्भावना ‘समाजमा व्यापकरूपमा चर्चाको विषय बन्नुपर्ने’ बताए । उनको उक्त टिप्पणी युरोपेली संसद्ले यसै साता ‘इयु र आर्मेनियाबीच घनिष्ठ सम्बन्धमाथि’ एउटा प्रस्ताव पारित गरेपछि आएको हो । प्रस्तावमा येरेभानको अन्तिम सदस्यता आवेदनले ‘इयु–आर्मेनिया सम्बन्धमा एउटा परिवर्तनकारी चरणका लागि मञ्चार तयार गर्न सक्छ’ भनिएको छ । 

येरेभानमा एक सरकारी बैठकमा पाशिन्यानले भने, ‘यो आर्मेनियाको भविष्यको बारेमा हाम्रो दृष्टिकोणमाथि चर्चा गर्ने एउटा अवसर हो ।’ आफ्नो मन्त्रिमण्डलमा इयुसँग आर्मेनियाको सम्बन्धलाई अधकतम गहिरो बनाउने दिशामा काम गरिरहने राजनीतिक इच्छाशक्ति भएको उनले बताए । 

इयुमा सामेल हुने विचारबारे विगतका महिनाहरूमा पाशिन्यानको राजनीतिक टिमभित्र सक्रियरूपमा चर्चा भइरहेको थियो । विदेशमन्त्री अरारत मिर्जोयान र संसद् अध्यक्ष एलन सिमोनियनले सार्वजनिकरूपमा आर्मेनियाको युरोपेली आकांक्षाबारे कुरा गरेका थिए । 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ६ : ११ बजे

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा