समाचार

राष्ट्रपति समक्ष चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

By खबरहब

March 14, 2024

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा थाइल्यान्ड, गणतन्त्र पोर्चुगल, गणतन्त्र भेनेजुएला र मंगोलियाका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

थाइल्यान्डका अधिराज्यका आवासीय राजदूत सुवापोङ सिरिसन, गणतन्त्र पोर्चुगलका गैरआवासीय राजदूत जोयाओ म्यानुअल म्यान्डेस रिबेरिओ डे अल्मेइडा, गणतन्त्र भेनेजुएलाका गैरआवासीय राजदूत कपाया रोड्रिगेज गोन्जालेज र मंगोलियाका गैरआवासीय राजदूत गान्बोल्ड ड्याम्बाजबले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।