मोबाइल खोसेर भाग्ने चार जना पक्राउ « Khabarhub

मोबाइल खोसेर भाग्ने चार जना पक्राउ


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– गत माघ २९ गते मायादेवी गाउँपालिका–३ बरेवा बस्ने १९ वर्षीय राजु भरलाई पल्सर मोटरसाइकलमा आएका दुई युवाले अति आवश्यक परेको भन्दै मोबाइल प्रयोग गर्न दिन आग्रह गरेपछि उनले निजहरूलाई आफ्नो मोबाइल दिए। मोबाइल पाउने बित्तिकै पल्सर मोटरसाइकलमा रहेका ती युवा मोटरसाइकल कुदाएर भागे । 

जिल्ल परेका राजु तत्काल नजिकैको प्रहरीलाई मोटरसाइकलको विवरण र ती युवाको हुलियासहित आफूलाई परेको समस्याको बारेमा जानकारी गराए। 

प्रहरीलाई भने यो घटना पहिलो थिएन । यसअघि गत माघ ४ गते रोहिणी गाउँपालिकाका दीपेन्द्र चौधरी, माघ १६ गते ओमसतिया गाउँपालिकाका सन्दिपकुमार पासी र माघ १७ गते भैरहवाकै सावित्रा कान्दुको मोबाइल पनि मोटरसाइकलमा आएका युवाले खोसेर भागेका उजुरी प्रहरीलाई आएको थियो ।

विभिन्न बहानामा मोबाइल चोरी गरेर भाग्ने युवाको खोजीमा प्रहरी पहिलेदेखि थियो । 

भट्टले मोबाइल खोसेर भाग्ने गिरोह पक्राउ गरेको बताउँदै आज उनीहरुलाई सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार सिद्धार्थनगर नगरपालिका–७ का २५ वर्षीय मनिष हरिजन, वडा नं ३ का २४ वर्षीय देवान गुरुङ, वडा नं १३ का २४ वर्षीय रोमन घर्ती र चोरीको मोबाइल खरिद गर्ने सियारी गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहम्मद रसिद मुसलमान पक्राउ परेका छन् ।

यही समूहले रुपन्देही जिल्लाका विभिन्न भागमा केही समयदेखि मोबाइल चोरी गरेको प्रहरीको आरोप छ । 

पक्राउ परेकाहरु यसअघि पनि लागूऔषध र चोरीलगायत मुद्दामा सजाय पाएका युवाहरु रहेको भट्टले जानकारी दिए। उनका अनुसार आरोपितबाट प्रहरीले विभिन्न कम्पनीका आठ थान मोबाइल र लु ५६ प ७१७ नं को मोटरसाइकलसमेत बरामद गरेको छ । 

सबैलाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद थप गरेको प्रनाउ भट्टले बताए। 

मुलुकी अपराधसंहिता २०७४ अनुसार कसूरको अवस्था हेरी चोरी प्रमाणित भए दुई वर्षदेखि सात वर्षसम्म कैद र रू बीस हजारदेखि रू ७० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ७ : ३२ बजे

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश