सुरु भयो सातौँ संस्करणको निफ (तस्बिरसहित) « Khabarhub

सुरु भयो सातौँ संस्करणको निफ (तस्बिरसहित)


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको सातौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । 

सिभिल मलमा आयोजना गरिएको एक कार्यक्रमबाट सञ्चारमन्त्री रेखा शर्माले महोत्सवको उद्घाटन गर्दै सफलताको शुभकामना दिइन् । 

उद्घाटन समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ,  निर्देशक एवं कलाकार नीर शाह, नायक भुवन केसीलगायत  विभिन्न देशका चलचित्रकर्मी उपस्थित थिए । 

ओपनिङ फिल्मका  रुपमा आनी छोइङ डोल्माको जीवनीमा आधारित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : मिसन इम्पोसिबल’ प्रदर्शन गरिएको थियो ।

यस महोत्सवमा ४० देशका ८८ फिल्म देखाइने आयोजकले जनाएको छ । साथै विभिन्न अन्तरक्रिया कार्यक्रम गर्ने पनि आयोजकले जनाएको छ ।

महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा विभाजन गरिएको छ । दुवै भागका उत्कृष्ट फिचर फिल्म, लघु फिल्म र डकुमेन्ट्री विधामा अवार्ड वितरण गरिने आयोजकले बताएको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर र गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ट फिचर फिल्म, लघु चलचित्र र वृत्तचित्रलाई पुरस्कृत गरिने आयोजकको भनाइ छ । 

 

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ७ : ५५ बजे

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी