एमाले अध्यक्ष ओलीलाई कञ्चनपुरमा नागरिक अभिनन्दन « Khabarhub

एमाले अध्यक्ष ओलीलाई कञ्चनपुरमा नागरिक अभिनन्दन


१ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कञ्चनपुरमा नागरिक अभिनन्दन गरिएको छ ।

आज एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न महेन्द्रनगर आएका अध्यक्ष ओलीलाई कञ्चनपुर उद्योग वाणिज्य सङ्घले नागरिक अभिनन्दन गरेको हो ।

महेन्द्रनगरस्थित खुलामञ्चमा जारी कञ्चनपुर पर्यटन महोत्सव एवं सुदूरपश्चिम औद्योगिक व्यापार मेलाको समापन समारोहमा उद्योग वाणिज्य सङ्घले १५ किलोको माला लगाएर उहाँलाई नागरिक अभिनन्दन गरेको हो । मेलाको १५औँ सस्करण भएकाले अध्यक्ष ओलीलाई १५ किलोको मालासहित अभिनन्दन गरिएको सङ्घले जनाएको छ ।

सो अवसरमा अध्यक्ष ओलीले नयाँ सरकार बनेसँगै सुदूरपश्चिममा विकास निर्माणले तीव्रता पाउने बताए । “देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा छ”, उनले भने , “हाम्रो नीतिअनुसार सुदूरपश्चिमको विकासलाई अगाडि बढाउँछौँ । तीन वर्षमा म प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामले अब निरन्तरता पाउँछन् ।”

अध्यक्ष ओलीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह, दैजीछेला औद्योगिक क्षेत्र निर्माणले गति लिने बताए। आजै उहाँले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको स्थलगत निरीक्षण गरेका थिए ।

सङ्घले मेलाको उद्घाटन समारोहमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई १५ किलोको माला लगाइदिएर सम्मान गरेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ९ : ५५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली