७७ जिल्लाका प्रजिअलाई गृहमन्त्रीको निर्देशन- तीन महिनाभित्र सबै सूचकमा सुधारहोस् « Khabarhub

७७ जिल्लाका प्रजिअलाई गृहमन्त्रीको निर्देशन- तीन महिनाभित्र सबै सूचकमा सुधारहोस्


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

आज साँझ गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए ।

“गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै गर्नुपर्छ । गृहमन्त्रीका रुपमा नागरिकका पक्षमा, आशा जगाउने गरी काम गर्नेछु”, गृहमन्त्री लामिछानेले भने ।

समस्या लिएर आउने सेवाग्राहीको काम तत्काल गरिदिन निर्देशन दिँदै उनले काम नहुने अवस्था छ भने कारणसहित सम्झाउन आग्रह गरे ।

उपप्रधानमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि दबाब दिने तथा गल्ती गर्दा बचाउन सिफारिस गर्ने विद्यमान प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै भने, “अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहीँ कारबाही गर्छु ।”

उनले दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्न निर्देश गरे ।अबको तीन महिनाभित्र गृह मन्त्रालयका हरेक सूचक सकारात्मक हुनुपर्नेमा जोड दिँदै गुहमन्त्री लामिछानेले काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेलाई कारबाही गरिने बताए ।

“निर्देशनमा होइन टिमको सदस्यका रुपमा योजनाबद्ध र प्रभावकारी काम गरौँ”, उनले भने, “समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरु नै चिन्नुहुन्छ भने सुधारमा के समस्या रह्यो ?”

सो अवसरमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएका छन।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ११ : ०२ बजे

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा

युद्धको तनाव र जलवायु संकट बढ्दै जाँदा ब्रिक्सको मञ्चबाट मोदीले भने, ‘एउटा ठाउँको संकटले सबैलाई छुन्छ’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र

पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङ (तस्बिरहरू)

धादिङ– रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको

 भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति

काठमाडौं– भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित