ज्योतिषको नजरमा नयाँ साल : ३० प्रतिशत शुभ | Khabarhub Khabarhub

ज्योतिषको नजरमा नयाँ साल : ३० प्रतिशत शुभ


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राशीफल वा ज्योतिषको भविष्यवाणीलाई विश्वास गर्ने, नगर्ने दुबैखाले विचार समाजमा पाइन्छन् । विश्वास आ–आफ्नै हो, तर हरेक वर्ष नयाँ सालमा पात्रो फेरिने गर्दछ । पञ्चाङ्ग पात्रोमा ज्योतिषहरुले ‘वार्षिक भविष्यफल’ लेख्दै आएका छन् ।

नयाँवर्ष ०८१ सालको तोयना पञ्चाङ्ग पात्रोमा नयाँ वर्ष ३० प्रतिशत शुभ र ७० प्रतिशत अशुभ रहेको दाबी गरिएको छ ।

ज्योतिषले यतिसम्म भनेका छन् कि जलवायु परिवर्तनको कुप्रभावले विद्यमान तापक्रममा प्रतिकूलताले अशान्ति छाउला ।

राजनीतिमा भने केही विवादित विषयहरु निस्के पनि खासै बिग्रह नमिच्चने तोयनाथ पञ्चाङ्गको दाबी छ ।
यसै सन्दर्भमा ज्योतिष पण्डित सूर्यनाथ लुइँटेलको नजरमा ०८१ साल कस्तो रहला भन्ने विश्लेषण पढौं–

विसं.२०८१ मा कालयोग छ । यो भनेको खासै राम्रो समय नभएको संकेत हो । हामी कलियुगको प्रथम चरणमा छौं । कलियुगको ४ लाख ३२ हजार आयु रहेको छ । ५ हजार १२५ वर्ष बित्यो । यो भर्खर सुरु भएको हो । चोर फटाहाहरु कानुनको दायरामा तानिनेछन् तर खराब न्याय दिने हुन्छ ।

नौ ग्रहमध्ये अहिले खगोलशास्त्रमा मन्त्रिमण्डल गठन भएको छ । मन्त्रिपदमा शनिदेव रहेका छन् । राजपदमा भौम रहेका छन् । शनिदेव र भौमदेवबीचमा आपसी सम्बन्ध कस्तो रहन्छ भने यिनीहरुको तादम्यले राज्यका सबै संयन्त्रलाई कडा बनाउँछन् । कानुन र धर्मको मर्यादामा सेटिङबाट मात्रै काम हुन्छ ।

फागुनदेखि उताको समय उल्लासमय छ । राजनीतिक उतारचढाव कम हुँदै जान्छ । विद्यार्थी, किसान, व्यापारीदेखि सबै क्षेत्रले राहत पाउने अवस्था आउँछ ।

सामान्य भन्दा सामान्य कामका लागि नागरिकले घुस खुवाउनपर्ने हुन्छ । नेता, कर्मचारीले नागरिकलाई धेरै दुःख दिने सम्भावना छ । नेपालमा अतिवृष्टि, अनावृष्टिको योग रहेको छ ।

महिला शक्तिहरुबाट पुरुष शक्तिहरु प्रताडित बन्ने सम्भावना देखिन्छ । पहिले पुरुषहरुबाट महिलाहरु प्रताडित बन्दै आएको हो । तर समय उल्टो हुँदै जाने छ । सूर्यपञ्चाङगको पृष्ठ १३ मा सूर्यदेवको गति अर्थात् साढेसाती रहेको देखिन्छ ।

कुम्भ राशीमा शनिदेव रहेकाले गोचरीबाट गन्दा ४, ८, १२ र आफ्नै राशिमा जहाँ–जहाँ सनिदेव छन्, तिनीहरुलाई साढेसात वर्ष शनि रहँदा साढेसाती भनिन्छ ।

२०८१ मा मकर राशिलाई वर्षभरि यो दशा रहन्छ । कुम्भ राशीलाई मध्ये साढेसाती रहन्छ । मीन राशीलाई आध्य साढेसाती रहन्छ । कर्कट र वृषलाई अढैया साढेसाती छ । यो शनिदेवको गोचरी ग्रह भनेको गोचरमा घुम्दै गर्दा पर्ने छाया हो ।

तर, त्यसो भनिरहदाँ आत्तिहाल्नुपर्ने छैन । जन्मकुण्डलीमा शनिदेव आफ्नै घरमा बसेका छन् । तेस्रो, छैटौं, एघारस्थानमा शनिदेव रहेका छन् । जसमा ठु–ठुला उन्नति प्रगति हुन्छ ।

समय नराम्रो देखाएर ठूला मानिसहरुले छलकपट गर्छन् । नागरिकले सर्तकता अपनाउनुपर्छ । शनिदेव ठाउँमा रहेभने राम्रो काम गर्छन् । हतियार हातमा छ, अर्कोले समात्यो भने खतरा हुन्छ । आफूले समात्यो भने त्यो उपयोगी हुन्छ ।

तरकारी काट्न र रुख काट्न त्यो हतियारको काम हुन्छ । तर कसैले उल्टोगरी चलाइदियो र आफूले बिँडमा समाउन पाइएन भने त्यसले क्षति गर्छ ।

शनिदेव भनेको चाहिने ग्रह हो । तर, साढेसाती छ भने पिपलको रुखलाई अँगालो मार्ने , पानी चढाउने, दर्शन गर्दा सनिदेव शान्त हुन्छन् ।

नेताहरुमा धेरै तर्क र कुतर्क धेरै हुन्छ । विश्वमा लाज हुने अतितर्क हुनेछ । यो असाध्यै अशुभ देखिन्छ । अर्को, सनातन धर्मालम्बीहरुमाथि आक्रमण हुन्छ । अरु धर्मका मानिहरुले थिचोमिचो गर्छन् । धार्मिक युद्ध हुन सक्छ ।

धेरै वृद्धवृद्धाहरुको चित्कार सुन्नमा आउछ । कालनाथ समयमा वृद्धाहरुको संरक्षणमा हेलचेक्र्याइँ गरिन्छ । परिवारदेखि राज्य संयन्त्रसम्मले उनीहरुलाई अपहेलना गर्छन् । अर्को, कोरोना जस्तै नयाँ रोग देखिन सक्छ । खानपानदेखि जीवनशैलीमा परिवर्तन गर्न आवश्यक छ । यो समय अलि बढी रोग, उतारचढाव आउन सक्छ ।

विदेश गएको ताँती देखेर स्वदेशमा बस्नेहरुलाई निराश बनाउनेछ । वैदेशिक रोजगारीमा ८० मा भन्दा धेरै ८१ मा जानेछन् ।

फागुनदेखि उताको समय उल्लासमय छ । राजनीतिक उतारचढाव कम हुँदै जान्छ । विद्यार्थी, किसान, व्यापारीदेखि सबै क्षेत्रले राहत पाउने अवस्था आउँछ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : २३ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले