इजरायलमाथि इरानको दर्जनौँ ड्रोन र मिसाइल आक्रमण | Khabarhub Khabarhub

इजरायलमाथि इरानको दर्जनौँ ड्रोन र मिसाइल आक्रमण


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इरानी सेनाले इजरायलमा दर्जनौँ ड्रोन र मिसाइल आक्रमण गरेको छ । आक्रमणमा मानवीय क्षति नभए पनि इजरायलका केही आवासीय भवनहरु ध्वस्त भएका छन् ।

इजरायली सेनाले तेहरानले इजरायलतर्फ दर्जनौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकाेमा धेरैजसोलाई निस्तेज पारिएको जनाएकाे छ ।

इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको कुनै पनि आक्रमणको डटेर सामना गर्ने भन्दै आफना सेनालाई हमास र इरानसँग एकसाथ आक्रमण गर्न निदेर्शन दिएका छन् ।

प्रधानमन्त्री नेतन्याहूले इजरायलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन्। उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेको बताइएको छ ।

इजरायलले गत अप्रिल १ मा सिरियामा गरेको आक्रमणको बदला स्वरुप इरानले इजरायलमा आक्रमण गरेको हो । इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरायली अपराध’को जवाफ भएको बताएको छ ।

जसमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरिएको छ ।

सिरियामा इजरायली आक्रमणमा २ जना जनरल, सात रिभोलुसनरी गार्ड, ६ जना सिरियाली नागरिक गरी १५ जना मारिएपछि इजरायल र हमास युद्धमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको इरानले आक्रमण गरेको हो ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेर्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ४१ बजे

धादिङको झ्याप्ले खोलामा पुरिएका बस र यात्रुको खोजी जारी, थप तीन शव फेला

काठमाडौं– गत विहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले धादिङको

चितवन–काठमाडौं चल्ने ना२ख १३४५ नम्बरको माइक्रोबस शुक्रबारदेखि बेपत्ता

काठमाडौं– चितवन–काठमाडौं रूटमा चल्ने बा२ख १३४५ नम्बरको माइक्रो बस गत

दरौँदी यातायातको बस पनि धादिङको झ्याप्ले खोलामा पुरिएको आशंका

काठमाडौं– गत शुक्रबार बिहान गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको यात्रुबस

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्म्पादन समितिको बैठक आज बस्दैछ ।

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौं– नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको