मिथिला क्षेत्रमा वासन्ती छठ मनाइँदै | Khabarhub Khabarhub

मिथिला क्षेत्रमा वासन्ती छठ मनाइँदै


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ पर्व मनाइँदै छ ।

चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिकासाथ मनाइने यस पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् ।

गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरेका छन् ।

‘खरना’ को दिनभरि निराहार व्रत रही राति सख्खरमा पकाइएको खीर इष्टदेवलाई चढाएर व्रर्तालुले खाने गर्दछन् । ‘नहाय–खाय’ विधिकै दिन व्रतालुले व्रत सङ्कल्प गर्ने चलन छ ।

व्रतालुले षष्टि तिथिका दिन निराहार व्रत गरी साँझ पवित्र जलाशयमा बनाइएको घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिने परम्परा छ ।

यस क्रममा फलफूल र ठेकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डालो उठाई सूर्यदेवलाई देखाइन्छ ।

कम्मरसम्म पानीमा चोबलिएर सूर्यलाई अर्घ्य दिने यो विधिलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ । यस्तै, भोलि सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अर्घ्य दिई व्रतालुले व्रत समापन गर्नेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद्ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ९ : ५२ बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय