भन्सार छलीका ५६ करोडका सामान बरामद | Khabarhub Khabarhub

भन्सार छलीका ५६ करोडका सामान बरामद


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा प्रशासन कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ५६ करोड एक लाख ६ हजार नौ सय बराबरको राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजक बमोजिम नभएका सामान बरामद गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले ५६ करोडभन्दा बढीका अवैध सामान बरामद गरिएको बताए ।

नेपाल प्रहरीले हालसम्म अवैध चोरी तस्करी तथा बिलबिजकभन्दा धेरै सामान ल्याएको भन्दै ३६ करोड ३९ लाख ८९ हजार नौ सय ६९ बराबरका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलले पनि चोरी तस्करी तथा बिलबिजक अनुसार नभएका १९ करोड ६१ लाख १६ हजार ४० बराबरका सामान नियन्त्रणमा लिएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा २३ करोड ४९ लाख २१ हजार एक सय ४५ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो । आर्थिक वर्ष २०७९–८० मा ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ बराबरका सामान  बरामद भएको थियो ।

प्रमुख जिल्ला अधिकारी भुसालले आपराधिक गतिविधि नियन्त्रणका निम्ति आफ्ना भारतीय समकक्षीसँग पनि मासिक रुपमा बैठक गर्दै आएको बताए ।

दशगजामा खेतीपाती, पशुहाट कुखुरा फार्म, माछा पोखरीलगायत संरचना निर्माण हुँदा अवाञ्छित गतिविधि नियन्त्रण चुनौतीपूर्ण बनेको बताए । सीमा सुरक्षा र त्यहाँ हुने अवैध कारोबार रोक्न संयुक्त गस्ती र बजार अनुगमन नियमित रूपमा भइरहेको छ । 

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ११ : ५५ बजे

कोशीमा एक सय ७७ मानवअधिकार उल्लंघनका घटना

मोरङ– राष्ट्रिय मानवअधिकार आयोगले कोशी प्रदेशमा मानवअधिकार उल्लंघनका घटनामा गरिएका

 कांग्रेसमा उठ्यो गिरीबन्धु टि-स्टेट र माओवादी क्यान्टोन्मेन्ट प्रकरण, भ्रष्टाचारविरुद्ध कठोर हुन माग

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको

स्वास्थ्यमन्त्री यादवले गरे वीर अस्पतालको अनुगमन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के

आठ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला

काठमाडौं– भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद अनवरुल अजिम अनार

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु